Monday, November 18, 2019

नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठनद्धारा टान अध्यक्षका लागि मुक्ति पाण्डेको नाम घोषणा

प्रकाशित मिति: 2019/08/26

भदौ ९, काठमाण्डौ ।  नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठनले टान अध्यक्षका लागी मुक्ति पाण्डेको नाम औपचारिक घोषणा गरेको छ ।

आज ठमेल स्थीत होटल बैशालीमा आचार्य समुहको भेला डाकेर पाण्डेको नाममा सर्बसम्मत निर्णय भएको हो ।
गन्तव्य नेपालसँग कुरा गर्दै पाण्डेले आफुहरुको संगठनबाट आफ्नो नाम सर्बसम्मत भएको भन्दै बाँकी पदाधिकारीहरुको खोजी यसअघि बनेको कार्यदलबाटै खोज्ने गरी आफुहरु अघि बढेको बताए ।यसअघि नवराज दाहाल नेतृत्वको नेपाल पर्यटन व्यावसायी संगठनसँग टान अध्यक्षका लागि आफुहरुसँग सहमति भएको बताउँदै महासचिब पूर्व माओबादीलाई दिने गरी सहमति भएको समेत खुलासा गरेका छन ।

उनले आफ्नो नाममा नेकपाभित्रबाट सर्बसम्मतको प्रयास हुने बताउँदै त्यसो हुन नसके निर्वाचनबाट भएपनि टानको नेतृत्व लिएरै छाड्ने दाबी गरेका छन ।

तपाईंको बिचार