Saturday, September 21, 2019

प्रकाशचन्द्र देबकोटाद्धारा टान प्रथम उपाध्यक्षमा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2019/08/26

भदौ ९, काठमाण्डौ । नेकपा निकट युवा पर्यटन व्यावसायी प्रकाशचन्द्र देबकोटाले टान प्रथम उपाध्यक्षमा आफ्नो उमेद्धवारी घोषणा गरेका छन ।

गन्तव्य नेपालसँग कुरा गर्दै देबकोटाले पछिल्लो समय टानमा देखिएको चरम निरासा, व्यावसायी र मजदुरबिचको समन्वयको कमी, टिम्सको रकम सदुपयोग हुन नसकिरहेको अवस्थामा आफुले टानलाई निकास दिने गरी काम गर्न उमेद्धवारी घोषणा गरेको बताए । नेकपा निकट जुनसुकै व्यक्तिको नेतृत्वमा सहकार्य गर्न सकिने बताउँदै देबकोटाले आफुलाई व्यावसायीले देखाएको सद्भाबकै कारण उमेद्धवारी दिएको बताए । पछिल्लो २४ बर्षदेखी पर्यटन क्षेत्रमा सक्रिय देबकोटा ठमेलस्थीत नेपाल गाईड ट्रेक्स एण्ड एक्पीडिसनका सञ्चालक हुन ।

तपाईंको बिचार