Friday, November 22, 2019

सोट्टो लुम्बिनी गठन, अध्यक्षमा पर्यटन ब्यबसायी सञ्जय बजिमय

प्रकाशित मिति: 2019/08/26

भदौ ९, भैरहवा । सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो) को लुम्बिनी प्रदेश ५ कमिटी गठन भएको छ ।

भैरहवा बेलहियामा आयोजित ट्राभल एन्ड टुुर्स अपरेटर्शहरुको भेलाले पर्यटन ब्यबसायी सञ्जय बजिमयको अध्यक्षतामा सोट्टो लुम्बिनी प्रदेश ५ गठन गरेको हो ।

सोट्टो लुम्बिनीको प्रथम उपाध्यक्षमा एसबी गुप्ता (श्रीचन्द), द्वितीय उपाध्यक्षमा लीलामणि शर्मा, महासचिव दुर्गा प्रसाद भण्डारी (दीपक), सचिवमा अमृत पोद्धार, कोषाध्यक्ष उमाशंकर मिश्रा, सह–कोषाध्यक्ष रवि मदेशिया रहेका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यमा दिपिका कार्की, विक्रम गुरुंग, पुर्ण प्रकाश पोखरेल, दिनेश मल्ल, गोपाल श्रेष्ठ, शम्भु भण्डारी, गोपाल अग्रवाल रहेका छन् ।

त्यसैगरी संस्थाले ८ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष, लुम्बिनी होटल संघका अध्यक्ष, चेतन पन्त (पर्यटन सल्लाहकार), मनोरञ्जन शर्मा (सञ्चार सल्लाहकार) र शिव प्रसाद गौडेल कानुनी सल्लाहकार रहेको अध्यक्ष बजिमयले बताए ।

गठित नयाँ सस्थापक कार्य समितिको पहिलो पदस्थापन कार्यक्रम समेत सम्पन्न भएको छ । 

सोट्टो लुम्बिनीले प्रमुख सिमानाका बेलहियालाई ब्यबस्थित गराई पर्यटक आवागमनलाई सहज बनाउन पहल गर्ने, आउँदै गरेको अन्तर्राष्ट्रिय पर्यटन दिवस भब्यतापुर्बक मनाउने, जारी लुम्बिनी भ्रमण बर्ष २०७६ र आउदो नेपाल भ्रमण वर्ष २०२० मा विभिन्न कार्यक्रम गर्ने र सहकार्य गरी अघि बढ्ने निर्णय समेत गरेको नव निर्बाचित महासचिब दुर्गा प्रसाद भण्डारी (दिपक) ले बताए ।

प्रथम पदस्थापन समारोहमा सोट्टो नेपालका कार्यबाहक अध्यक्ष, महासचिव, कोषाध्यक्ष समेत उपस्थित थिए । सोट्टो नेपालले पर्यटन प्रवर्द्धनका लागि सोट्टो लुम्बिनी गठन आफैँमा महत्वपुर्ण भएको जनाएको छ ।

तपाईंको बिचार