Saturday, September 21, 2019

मोहन लम्सालद्धारा टान नेतृत्वका लागि व्यावसायिक टिम बनाउने घोषणा

प्रकाशित मिति: 2019/08/26

भदौ ९, काठमाण्डौ । बरिष्ठ पर्यटन व्यावसायी मोहन लम्सालले टान निर्वाचनमा आफुले व्यावसायिक टिम बनाएर जाने घोषणा गरेका छन ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै लम्सालले पदयात्रा पर्यटनलाई अग्रगामी दिशा दिनका लागि आफु सबै बर्ग समुदायको साथ लिएर अगाडि बढ्न चाहेको बताएका हुन ।
‘ हामी सबैलाई थाहा हुनुपर्छ की, टान निर्वाचन घोषणा भएयता व्यावसायिक सम्बन्धहरु ओझेलमा पारिएको छ । अंकगणितका जोडघटाउमा फेरी पनि टानलाई त्यसैगरी लैजाने हो भने व्यावसायी र मजदुर दुबै पक्षले दुःख पाईरहने स्थीति बन्न सक्छ । हामी सबै समाजीक रुपान्तरणमा रुची राख्ने व्यावसायीहरु हौँ । तर पछिल्लो समय व्यावसायिकता कम राजनीति बढि नै हाबी हुँदा अस्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व हत्याउने र त्यसपछि निर्वाचन अघिका स्वार्थ समुहमा पर्ने स्थीति विगतमा हामीले झेलेकै हो । यसको एउटै मात्र बिकल्प सबै बर्ग, समुहको सहभागितामा समाबेशी टिम बनाएर अघि बढ्नु हामी सबै व्यावसायीको लागि हितमा हुनेछ, उनले भने ।
टानको उथ्थान चाहने श्रमजिबि व्यावसायीहरुको आफुले नेतृत्व गर्ने गरी आफु अघि बढिसकेको र अन्य पदाधिकारीहरुको नामावली छिट्टै सार्वजनिक गर्ने बताए । बिशुद्ध पदयात्रा पर्यटनको बिकास र टानको गरिमालाई उँचो राख्ने आफ्नो योजनामा सम्पूर्ण टान सम्बद्ध व्यावसायी तथा शुभेच्छुकहरुले साथ दिनेमा आफु बिश्वस्त रहेको बताए ।

तपाईंको बिचार