Saturday, September 21, 2019

होटल लेकस्टार पोखरा पुन सञ्चालनमा

प्रकाशित मिति: 2019/08/27

काठमाडौं । पर्यटकीय नगरी पोखरामा होटलहरुको कमी छैन । जताजतै पर्यटकहरुलाई नै लक्षित गरी होटलहरु खोलिरहेका बताउँछन् । यस्तैमा आफ्नो छुट्टै पहिचान बोकेर आएको छ, होटल लेकस्टार पोखरा ।

विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध जयराम थापाले यसलाई सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार, होटलमा पर्यटकलाई आवश्यक सबै सुविधाहरु रहेका छन् । उनले थपे, हुन त खोलेको १० वर्ष भइसक्यो तर पुनः विभिन्न सुविधाहरु थपी नयाँ ढंगबाट खोलका छौं । त्यसैले हामीले १ वर्षजति होटल बन्द ग¥यौ । 

होटल लेकस्टार पोखरा ३ स्टार होटल हो । यहाँ कफी सप, लिफ्ट, गार्डेन, बार सबै रहेका छन् । साथै २३ वटा डिलक्स रुमहरु रहेको पनि सञ्चालकले जानकारी दिएको छ ।

विशेष गरी बाह्य पर्यटकहरुको लागि लक्षित यो होटलका सञ्चालक थापा २५ वर्षदेखि पर्यटन क्षेत्रमा नै आवद्ध छन् । भर्खरै जापनमा गएर त्यहाँबाट आफ्नो अनुभव समेत बटुली होटललाई नयाँ तरिकामा सञ्चालन गर्ने थापा बताउँछन् । 

तपाईंको बिचार