Saturday, September 21, 2019

आहा ! मनै लोभ्याउने लाङटाङ गाँउ

प्रकाशित मिति: 2019/08/28

भाद्र ११, काठमाण्डौ । के तपाई चिसो हिमाली हावासँगै हिमालको मनोरम दृश्यको खोजीमा हुनुहुन्छ, यदी त्यसो हो भने रसुवाको लाङटाङ तपाईको लागि उत्कृट गन्तव्य हुन सक्छ ।

३५०० मिटरको उचाईमा रहेको लाङटाङ गाउँको हिमालको काखैमा अवस्थीत छ, सनराईज गेष्ट हाउस । विगत १ दशकयता टे«किङ जाने बिदेशी पर्यटकको पहिलो रोजाई बनेको सनराईजको आर्कषण यसअर्थमा पनि थपिदो छ, की बाल्कुनीमा बसेर हिमाललाई छुन सकिन्छ । सुन्दर मनोरम हिमश्रृंखला, सिर्रर हिमाली बतास र लहरबद्ध मोतिझै चम्कीला सेता, चहकीला चुचुराको काखमा आनन्दमय चिस्यानका साथ प्रियजनसँग समय व्यतित गर्ने अवशर साँच्चिकै यहाँहरुका लागि अविश्मरणीय बन्ने पक्का छ ।

गेष्ट हाउसको सबैभन्दा सुन्दर पक्ष यसको सरसफाई, आथित्यता र पारिवारिक बातावरण नै हो । सञ्चालक तेम्बा लामा भन्छन,–‘ काठमाण्डौको व्यस्त जिबनशैलीबाट एकैछिन भएपनि शान्तपनको खोजीका लागि र विदेशी पर्यटकहरुको सुविधा जनक सेवा दिनको लागि सनराईज गेष्टहाउको अवधारणा ल्याएको बताउँछन । लाङटाङ यसअर्थमा पनि पर्यटकहरुका लागि महत्वपूर्ण छ, काठमाण्डौबाट छोटो दुरीमा पुगेर हिमताल र हिमालको दृश्य अवलोकन गर्न सकिने क्षेत्र हो । यसैलाई उचित व्यावस्थापन गरिदिएका छन तेम्बाले ।
राजधानी काठमाण्डौबाट मोटरबाटोबाट ७ घण्टाको दुरीमा  रसुवाको स्याफ्रुबेशी पुगेर बास बसेर त्यसको भोलिपल्ट ट्रेकिङबाट ५ घण्टाको दुरीमा लामा होटलमा पुग्न सकिन्छ । दोस्रो रात त्यहि बसेर तेस्रो दिन बिहान ५ घण्टाको दुरीमा लाङटाङ गाँउ पुगेर सनराईज गेष्ट हाउसमा पुग्न सकिन्छ । जब सनराईजमा पर्यटकहरु पुग्ने गर्दछन, त्यसपछि हिमाली मनोरम दृश्यले पर्यटकहरुको मन प्रफुल्ल हुन्छ । दशै, तथा नयाँबर्षहरुमा पर्यटकहरुको बिशेष घुँईचो लाग्ने सञ्चालक तेम्बा लामा बताउँछन । एकपटक तपाई पनि लाङटाङ जाने की ?

तपाईंको बिचार