Thursday, November 14, 2019

५ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टूर गाईड सम्मेलन सम्पन्न

प्रकाशित मिति: 2019/08/29

भदौ १२, काठमाण्डौ । टुर गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)को ५ औ राष्ट्रिय सम्मेलन ५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

आज ठमेल ईको रिर्सोटमा सम्पन्न कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन सम्मेलन कोषेढुंगा साबित हुने बताए । टुरिष्ट गाईडहरुको क्षमता अभिबृद्धि गर्न टूर्गानले लिपिबद्ध योजनाहरु मन्त्रालयमा पेश गरेको खण्डमा त्यसलाई सम्बोधन गर्न आफु तयार रहेको पनि मन्त्री भट्टराईले बताए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समिती सदस्य दिपक महतले टुरिष्ट गाईडहरुको क्षमता अभिबृद्धि गर्न आफु लागिपरेको र भ्रमण बर्षलाई सफल बनाउन संयमित भएर लाग्नुपर्ने बताए ।
नाथमका प्रमुख कार्यकारी अधिकृत दुर्गादत्त ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलियाला, टानका अध्यक्ष नवराज दाहाल, नाट्टाका उपाध्यक्ष अच्युत गुरागाई, टूर्गानका पूर्व अध्यक्षद्धय हरेराम बराल, बिष्णु ज्ञवालीले टुर गाईड सम्मेलनको सफलताको शुभकामना दिदै भ्रमण बर्ष सफल बनाउन सकारात्मक सन्देश दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजधानी दैनिकका प्रमुख समाचारदाता मधुजंग पाण्डे, द राईजिङ नेपालका नारायण उपाध्याय, सगरमाथा आरोही तथा पत्रकार कल्पना महर्जनलाई सम्मान गरियो । यसका साथै टूर्गानलाई सहयोग गर्नेहरुलाई मायाको चिनो प्रदान गरियो ।
टूर्गानका अध्यक्ष केदार तामाङले टूर्गानलाई शसक्त रुपमा अघि बढाएको र पर्यटनको श्रृबृद्धि गर्न तथा बिकृति बिसंगती रोक्न आफु लागि परेको बताए । हालसम्म पनि मन्त्रालयबाट टुरिष्ट गाईडको क्षेत्रमा काम गर्ने संस्थालाई राम्रो रेस्पोन्स नभईरहेको भन्दै तामाङले टूरिष्ट गाईडहरुको हित रक्षार्थ कल्याणकारी कोष खडा गरेर अघि बढ्न मन्त्री भट्टराईलाई आग्रह गरे । कार्यक्रममा टूर गाईड, व्यावसायी, पत्रकार, मन्त्री लगायत सयौको सहभागिता रहेको थियो । यस्तो छ, टूरगाईड राष्ट्रिय सम्मेलनको घोषणापत्र ।

तपाईंको बिचार