Saturday, September 21, 2019

टानमा प्रजातान्त्रिक समूहले बनायो सुबेदीको नेतृत्वमा व्यवसायीक प्यानल

प्रकाशित मिति: 2019/08/31
काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा प्रजातान्त्रिक व्यवसायीहरुको तर्फबाट खुम बहादुर सुबेदीको नेतृत्वमा व्यवसायीक प्यानल गठन गरिएको छ। 
 
उक्त प्यानलको बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महसचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी (सन्तोष), सिम्बिर घले,केशवप्रसाद दाहाल, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा रहेका छन । बाँकी सदस्यहरुको पनि आजै टुंगो लगाउने जनाईको छ।  
 
आगामी नेतृत्व चयनका लागि यही भदौ २० गते टानको साधारण सभा हुँदैछ । युनिक एड्भेञ्चरका प्रबन्ध निर्देशक सुबेदी २५ वर्ष देखि पदयात्रा पर्यटनको क्षेत्रमा क्रियाशिल छन् । उनी हालका बरिष्ठ उपाध्यक्ष समेत हुन । टानको निकाश र पदयात्रा व्यवसायीहरुको विकासका लागि व्यवसायीक प्यानल निर्माण गरेको भन्दै सुवेदीले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।
 

तपाईंको बिचार