Thursday, November 14, 2019

प्रजातान्त्रिक समूहको प्रचार–प्रसार संयोजकमा थपलिया

प्रकाशित मिति: 2019/08/31
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा प्रजातान्त्रिक समूहको प्रचार प्रसार संयोजकमा रामशरण थपलियालाई नियुक्त गरिएको छ ।  प्रजातान्त्रिक व्यवसायीहरुको तर्फबाट खुम बहादुर सुबेदीको नेतृत्वमा व्यवसायीक प्यानल गठन गरिएको छ। 
 
जसमा बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महसचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी (सन्तोष), सिम्बिर घले,केशवप्रसाद दाहाल, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा रहेका छन । बाँकी सदस्यहरुको पनि आजै टुंगो लगाउने जनाईको छ।  
 
आगामी नेतृत्व चयनका लागि यही भदौ २० गते टानको साधारण सभा हुँदैछ । गन्तव्य नेपालसँगै कुरागर्दै थपलियाले सुबेदीको नेतृत्वमा पूर्ण व्यवसायीक टिम गठन गरेको भन्दै टान र पदयात्रा व्यवसायीको हितका लागि उक्त प्यानललाई सहयोग गर्न आग्रह गरे । उनले सुबेदी टिम पदयात्रा व्यवसायीहरुको साझा टिम भएको पनि बताए । 

तपाईंको बिचार