Saturday, September 21, 2019

बायस गरेको भन्दै समाजवादी निकट पर्यटन व्यवसायीले कामिरिन्जीको नेतृत्वमा टिम घोषणा ग¥यो

प्रकाशित मिति: 2019/09/01

भदौ १५, काठमाडौं  । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने निर्वाचनको लागि समाजवादी पार्टी नेपाल निकट नेपाल पर्यटन परिषद्ले वरिष्ठ पर्यटन व्यवसायी कामिरिन्जी शेर्पाको अध्यक्षतामा छुट्टै प्यानल निर्माण गर्ने भएको छ । त्यसैगरि परिषद्ले महासचिवमा चेवन देवकोटालाई उठाउने निर्णय गरेको छ भने अन्य पदाधिकारी र सदस्यहरुमा डि.बि.लिम्बु, हरि कडरिया,गोविन्द प्रसाद पन्त लगायतलाई उठाउने तयारी भईरहेको परिषद्का गोविन्द प्रसाद पन्तले गन्तव्य नेपाललाई बताए । 

गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै परिषद्का संयोजक गोपाल बाबु श्रेष्ठले टान निर्वाचनको लागि व्यवसायिक टिम बनाउनुको विकल्प नरहेको भन्दै बारम्बार जोड गरिरहँदा पनि हामीहरुलाई बायस गरेर जुन किसिमको टिमहरु घोषणा गरी राजनीतिक रंग दिने काम गरियो, यसमा हामी गम्भीर भएका छौं । अब हामी सबै पार्टीका साथीहरुसँग वार्ता र संवाद गर्छौं । त्यसपछि हाम्रो व्यवसायिक स्वतन्त्र टिम घोषणा आज बेलुका सम्म गर्दैछौं । हामीले यो या त्यो भनेका छैनौं, हामीले यति मात्रै भनेका छौं पदयात्रा पर्यटनको अग्रगामी निकास र व्यवसायिक समस्याको समाधानको लागि वर्तमान अवस्थामा टान नेतृत्वको लागि एउटा सशक्त व्यवसायिक टिमको जरुरी छ । यो हामी सबैले महसुस गरेको कुरा नै हो । श्रेष्ठले भने ।    

तपाईंको बिचार