Monday, November 18, 2019

निर्मला धमलाको नेतृत्वमा महिला पर्यटन व्यावसायी संघ गठन

प्रकाशित मिति: 2019/09/01

भदौ १५, काठमाण्डौ । पर्यटनमा महिलाको भुमिकालाई सशक्त बनाउने उदेश्यले महिला पर्यटन व्यावसायी संघ गठन गरिएको छ ।

सार्बजनिक कार्यक्रमहरुमा महिलाको उपस्थीति न्यून हुने तथा पुरुषसरह महिलाहरु पनि सफल व्यावसायी रहेका भएपनि सामाजिक भुमिका कमजोर देखिएको भन्दै जागरणका लागि संघ गठन गरिएको संघकी अध्यक्ष निर्मला धमलाले बताईन ।
पर्यटन सम्बद्ध बिभिन्न व्यावसायमा संलग्न ६८ जना कार्यसमितिको टुंगो लागिसकेको छ, भने केही दिनभित्रै अन्य सदस्यसमेत थप गरेर कार्यसमितिको अन्तिम टुंगो लगाउने अध्यक्ष धमलाको भनाई छ । टान निर्वाचन नजिकिदै गर्दा संघले कसलाई समर्थन गर्छ भनी सोधेको प्रश्नमा आफुहरु बिशुद्ध व्यावसायिक संगठनका रुपमा रहन चाहेको उनले बताईन ।

तपाईंको बिचार