Thursday, November 14, 2019

खुमबहादुर समुहका बरिष्ठ उपाध्यक्षका उमेद्धवार नबिन त्रिताल को हुन ?

प्रकाशित मिति: 2019/09/01

भदौ १५,काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचनमा लोकतान्त्रिक समुहबाट बरिष्ठ पर्यटन व्यावसायी नबिन त्रितालले टान बरिष्ठ उपाध्यक्षमा उमेद्धवारी दिएका छन ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै त्रितालले पर्वतिय   पर्यटनलाई माथि उकास्नको लागि आफुले उमेद्धवारी दिएको बताए ।
त्रितालको पृष्ठभुमि
संखुवासभाको चैनपुरमा जन्मिएका हुन, त्रिताल । पर्वतिय पर्यटनको क्षेत्रमा उनले १९ बर्ष व्यतित गरिसकेका छन । एक्सपीडिसनहरुको संस्थामा उनी कार्यकारी सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुन । ठमेलमा एक्सपीडिसन हिमालय डट कम प्राईभेट लिमिटेडका सञ्चालक त्रिताल व्यावसायीहरुमाझ लोकप्रिय छन ।
उमेद्धवारी किन ?
नेपालको पर्वतिय पर्यटनका समस्याहरुलाई समाधान गर्नको लागि टानको स्थापना गरिएको हो । यद्यपी पछिल्लो समय व्यावसायीका मुद्धा र मजदुर बर्गको हकहित दुबै ओझेलमा परेको अवस्थामा पर्यटनमा नयाँ आशा जगाउनका लागि उमेद्धवारी दिएको छु । यसमा मुख्यतः हवाई क्षेत्र सुधार, पदयात्रा पर्यटन व्यावसायीका तमाम समस्या, नेपालको पर्यटनलाई पर्यटकमैत्री बनाउने, ईन्डस्ट्रीको सामुहिक ईन्सुरेन्सको व्यवस्था अति जरुरी छ । यसैमा मेरो ध्यान केन्द्रित छ ।

तपाईंको बिचार