Friday, November 22, 2019

को हुन खुमबहादुर समुहका महासचिब पदका उमेद्धवार कर्मा शेर्पा ?

प्रकाशित मिति: 2019/09/01

भदौ १५, काठमाण्डौ । लोकतान्त्रिक समुहबाट कर्मा शेर्पाले टान महासचिवमा उमेद्धवारी दिएसँगै उनको सर्बत्र चर्चा सुरु भएको छ ।

टानमा व्यावसायीका मुद्धा स्थापित गर्ने उदेश्यले आफुले टान महासचिवमा उमेद्धवारी दिएको बताए ।
को हुन कर्मा ?
सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नम्बर १ मा जन्मिएका हुन उनी । पर्वतिय पर्यटनमा दुई दशक बिताएका कर्मा हिमाली जनजिबनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र यसैमा जिबन खोज्ने परिवारका सदस्य हुन । ठमेलमा ‘नोनाड नेपाल ट्रेक्स एण्ड एक्सपीडिसन’का सञ्चालक हुन कर्मा । पर्यटनमा स्थापित व्यावसायीका रुपमा रहेका कर्माले अमेरिका, क्यानडा सहित दर्जनौ मुलुकको भ्रमण गरीसकेका छन ।
उमेद्धवारी किन ?
पर्यटन क्षेत्रमा तल्लो बरियताबाट काम गर्दै आएको व्यक्ति हुँ । हिजोका दिनमा म आफु मजदुर हुँदाका समयमा भोगेका समस्या र आज व्यावसायीका पिर मर्का दुबैको समस्या आफैले भोगेर यहाँसम्म आईपुगेको हुँ । व्यावसायिक नेतृत्व हुनुपर्छ भनेर व्यावसायी साथीहरुले भनिरहँदा मैले आफुलाई पनि त्यही भिडमा पाएँ । कम्तीमा मजदुर र मालिकबिचका सम्बन्धलाई आपसी हित र बिश्वासमा बदल्नकै लागि उमेद्धवारी दिएको हुँ ।  ग्राउण्ड लेभलमा म आफैले भोगेको समस्यालाई प्रतिनिधी रुप मानेर सुल्झाउने कोशिस गर्नेछु । सबै व्यावसायी र शुभेच्छुकहरुको साथ सहयोग रहनेमा बिश्वस्त छु ।

तपाईंको बिचार