Saturday, September 21, 2019

को हुन कुमार थापा समुहका सचिब पदका उमेद्धवार दामोदर ढकाल ?

प्रकाशित मिति: 2019/09/01

भदौ १५, काठमाण्डौ । नेकपा समुहबाट युवा पर्यटन व्यावसायी दामोदर ढकालले टान सचिवमा उमेद्धवारी दिएसँगै उनको सर्बत्र चर्चा सुरु भएको छ ।

टानमा व्यावसायीका मुद्धा स्थापित गर्ने उदेश्यले आफुले टान सचिवमा उमेद्धवारी दिएको बताए ।
को हुन दामोदर ?
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेमा  जन्मिएका हुन उनी । पर्वतिय पर्यटनमा दुई दशक बिताएका ढकाल टानमा व्यावसायिक भरोसा टिकाईराख्नुपर्नेमा जोड दिन्छन । मिसन नेपाल होलिडेजका सञ्चालक ढकाल व्यावसायीहरु माझ लोकप्रिय मानिन्छन ।
उमेद्धवारी किन ?
मजदुरको कथा व्याथा आज पनि उस्तै छ, शिक्षित भनिएका केही व्यावसायिक पात्रबाहेक अधिकांस मजदुरको समस्या अहिले पनि फेरीएको छैन । हिजोका दिनमा म आफै पनि मजदुरका रुपमा थिएँ, आज व्यावसायी हुँदै गर्दा अन्य धेरै साथीहरुको पनि जिबन परिवर्तन भएको छ । तर हामीले व्यावसायिक सफलताको नापजाँच गरिरहँदा मजदुरको समस्या हिजो हामीले नै भोगेकै ठाँउमा रहने हो, भने हामीले पाएको सफलताको केही अर्थ हुने छैन । यसर्थ मालिक र नोकरको सम्बन्ध होईन, बिजनेश पार्टनरका रुपमा मजदुरको हैसियत बृद्धि गर्नुपर्छ, यसैका लागि मेरो उमेद्धवारी हो । टानलाई सबै मिलेर गर्ब गर्न लायक संस्थाका रुपमा परिणत गर्न सकौँ, मेरा कदम त्यही बाटोमा अग्रशर हुनेछ ।

तपाईंको बिचार