Saturday, September 21, 2019

अन्जन थापा (कुमार) द्वारा आफ्नो उम्मेद्वारी व्यवसायिक मुद्दामा केन्द्रित रहेको भनाइ

प्रकाशित मिति: 2019/09/01

भदौ १५, काठमाडौं । आगामी भदौ २० गते सम्पन्न हुन गइरहेको टान निर्वाचनको लागि अन्जन थापा (कुमार) को समूहले अन्तर पार्टी उम्मेदवार घोषणा तथा उम्मेदवारी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । 

दरबारमार्गस्थित होटल उड्ल्याण्डमा आयोजित कार्यक्रममा अध्यक्षका प्रत्यासीका रुपमा रहेका अन्जन थापा (कुमार) ले पदयात्रा व्यवसायीको लागि गर्व गर्न लायक टान बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै आफूलाई सहयोग गर्नको लागि सम्पूर्ण टान सम्बद्ध सदस्य तथा पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । विगतका दिनहरुमा आफूबाट केही गल्ती, कमजोरी भएको हुन सक्छ, त्यसको लागि माफी माग्छु, उनले भने । अहिलेको अवस्थामा पदयात्रा पर्यटन व्यवसायीहरुको व्यवसायिक मुद्दालाई उठान गर्ने ठाउँ नै भद्रगोल अवस्थामा रहेको छ । दृश्य तथा अदृश्य रुपमा टानलाई असफल बनाउन विभिन्न तत्वहरु लगि परिरहेका छन् । हामी व्यवसायीको लागि सानको रुपमा रहेको संस्था टानलाई राम्रो गर्विलो बनाउन जरुरी भइसकेको छ । पछिल्लो समय टे«किङ व्यवसायीहरुलाई एक पछि अर्को गर्दै फसाइने कुचेष्टा बढ्दै गइरहेको हामी सबैले महसुस गरेकै छौं । त्यसैले सम्पूर्ण पदयात्रा व्यवसायीहरुको शक्तिशाली र प्रभावशाली टान बनाउन जरुरी भइसकेको सन्दर्भमा आफूले समावेशी र व्यवसायिक टिम बनाएर टानमा जाने निर्णय गरेका हौं । थापाले भने । उम्मेदवार परिचयात्मक कार्यक्रममा थापा समूहको पुर्ण पदाधिकारी तथा सदस्यहरु सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य तथा उद्योग व्यापार महासंघका इन्चार्च मुकुन्द न्यौपानेको समेत सहभागिता रहेको थियो ।  

तपाईंको बिचार