Thursday, November 14, 2019

निःशर्त प्रजातान्त्रिक प्यानललाई सहयोग गर्ने गोपालबाबु श्रेष्ठको भनाइ

प्रकाशित मिति: 2019/09/02

भदौ १६, काठमाडौं । समाजवादी पार्टी निकट रहेका पर्यटन व्यवसायीहरुले आसन्न ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान) को निर्वाचनमा प्रजातान्त्रिक समूहबाट रहेका उम्मेद्वार खुम बहादुर सुवेदी समूहलाई सहयोग गर्ने बताएको छ । 

समाजवादी पार्टि अन्र्तगतकोे नेपाल पर्यटन परिषद्कोे पार्टि कार्यालय काठमाडौंमा बसेको बैंठकले अध्यक्षका उम्मेद्वार पर्यटन व्यवसायी सुवेदीलाई निःशर्त सहयोग गर्ने घोषणा गरेको होे । पर्यटन क्षेत्रको विकासका लागि सहकार्य, सहमतिका साथ अघि बढ्ने उदेश्य अनुरुप यस्तो निर्णय गरीएको नेपाल पर्यटन परिषद्का संयोजक गोपाल बाबु श्रेष्ठले बताएका छन् । ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान) को निर्वाचन यहि भदौ २० गते हुदैछ । 

तपाईंको बिचार