Saturday, September 21, 2019

को हुन् चोलेन्द्र बहादुर कार्की ? प्रथम उपाध्यक्ष नै किन दाबी गरे ?

प्रकाशित मिति: 2019/09/02

भदौ १६, काठमाडौं । यही भदौ २० गते हुन गइरहेको टान निर्वाचनको लागि प्रजातान्त्रिक गठबन्धनको खुम दबहादुर सुवेदी समूहबाट हिमालयन जोय एड्भेन्चरका सञ्चालक चोलेन्द्र बहादुर कार्कीले प्रथम उपाध्यक्षमा उम्मेद्वार दिने पक्का भएको छ । 
 
सोलुखुम्बुबाट २०६० सालमा काठमाण्डौ छिरेका ३१ बर्षिय युवा व्यावसायी कार्की सुरुमा पर्यटन मजदुरका रुपमा काम गर्थे । सन २०१० मा आफ्नै कम्पनी हिमालयन जोय स्थापना गरी नेपालको पर्व्तिय पर्यटनमा योगदान पु¥याइरहेका छन ।

नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको उपाध्यक्ष समेत रहेका  कार्की यसपटक आफु प्रथम उपाध्यक्षमा निर्वाचित भएरै छाड्ने बताउँछन ।
चोलेन्द्रका कुरा उनकै शब्दमा,
ट्रेकिङको क्षेत्रमा लामो समय व्यतित गरेको छु । पर्यटन मजदुरबाटै ट्रेकिङ व्यावसायमा स्थापित भएँ, यसअर्थमा मजदुर र व्यावासयी दुबैका पिरमर्कालाई एकआपसमा समाधानको लागि मेरो पहल हुनेछ । अर्को कुरा विगतका केही बर्षयता टानको कार्यशैली व्यावसायी र मजदुरको हित हुने गरिएको देखिदैन, टिम्स रकम भित्राउन नसक्नु, एनटिभिएको मनोमानी रोक्न नसक्दा टानलाई मजदुर संस्थाको रुपमा हेर्ने उसको नजर फेरिनुपर्छं । यसका लागि टान र एनटिभिएबिच आपसी समझदारी गरेर अघि बढ्नु नितान्त आवश्यक छ । यसैका लागि साथीहरुले मेरो आवश्यक्ता महशुस गर्नुभएको छ, उहाँहरुकै सुझाब अनुसार उमेद्धवारी घोषणा गरेको हुँ । धेरै साथीहरु हुनुहुन्छ, नेतृत्वको लागि तर त्यसैमध्येको राम्रै हुँ भन्ने मेरो बुझाई हो । हारजित त हुन्छ नै यसमा कुनै अप्ठेरो छैन । हार जित लोकतान्त्रिक बिधी नै हो । जित्ने गरी नै उठेको हुँ, व्यावसायिक साथीहरुको सहयोगले जित निश्चीत छ भन्ने मेरो बुझाई हो ।

पहिलेका नेतृत्वहरुको कुरा गर्दा नवराज दाहालको कार्यकाल त्यति सहज भएन होला । टानमा नेतृत्वका हिसाबले उहाँको भुमिका अलिक बढि हुने हुँदा अपेक्षा बढि हुनु स्वभाविक हो । तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने समग्र कार्यसमितिको क्षमताले नै कुनैपनि संस्थाको गति निर्धारण गर्छ । उहाँको हकमा पनि साथीहरुले मुल्यांकन गरेकै छन ।
 
व्यावसायिक संगठनमा पार्टी भनेर मात्र हुदैन । यस्तोमा राजनीतिको प्रभाब त्यति धेरै नहोला जस्तो लाग्छ । यहाँ व्यावसायिक मुद्धा स्थापित गर्ने नेतृत्व चाहिएको छ । व्यावसायीको चाहना पनि त्यसै अनुरुप अघि बढेको छ । आशा छ, साथीहरुको भरोसा ममाथि प्रकट हुनेछ ।

तपाईंको बिचार