Monday, November 18, 2019

टान निर्वाचनको लागि खुमबहादुर सुबेदी समुहद्धारा मनोनयन दर्तासँगै प्रतिबद्धता पत्र प्रश्तुत

प्रकाशित मिति: 2019/09/02

भदौ १६, काठमाण्डौ । टान निर्वाचनमा खुमबहादुर सुबेदी समुहले सामुहिक मनोनयन दर्ता गरेको छ ।

प्रजातान्त्रिक गठबन्धनबाट बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा,सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा खोमराज अधिकारी(सन्तोस), सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रबिन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारीले मनोनयन दर्ता गरेका हुन । आज काठमाण्डौको नक्सालमा भएको पत्रकार सम्मेलनमा बोल्दै लोकतान्त्रिक पक्षधरका अध्यक्ष सुबेदीले पदयात्रा व्यावसायीहरुको आवाज बुलन्द पार्ने थलो भनेको टान नै भएकाले यतिबेला टान चौतर्फी घेराबन्दीमा रहेको बताउँदै त्यो घेराबन्दीलाई तोड्नको लागि आफ्नो नेतृत्व अपरीहार्य रहेको बताएका छन । उनले फुटेर होईन जुटेर मात्र समृद्ध टानको सपना पुरा हुने बताए ।
 

तपाईंको बिचार