Saturday, September 21, 2019

टान निर्वाचनको लागि अञ्जन थापा(कुमार) समुहद्धारा मनोनयन दर्तासँगै प्रतिबद्धता पत्र प्रश्तुत

प्रकाशित मिति: 2019/09/02

भदौ १६, काठमाण्डौ । टान निर्वाचनको लागि अञ्जन थापा(कुमार) समुहले सामुहिक मनोनयन दर्ता गरेको छ ।

नेकपानिकट थापा प्यानलले बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देबकोटा, द्धितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सहकोषाध्यक्षमा प्रदिप पण्डितले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा, र ठाकुर सापकोटाले मनोनयन दर्ता गरेका छन । यसैबिच थापा समुहले एक पत्रकार सम्मेलन गरी यो समुह टानको गति र दिशा दिनको लागि सक्षम र व्यावसायीक टिम रहेको जनाकारी दिएको छ । अध्यक्षको प्रत्यासीका रुपमा रहेका अञ्जन थापा कुमारले १६ बुँदे प्रतिबद्धता प्रश्तुत गर्दै टानलाई गतिशिल, उर्जाशिल र पदयात्रा व्यावसायीको समसामयिक समस्याको समाधानको लागि आफुहरु टान नेतृत्व लिएसँगै दु्रतगतिमा अघि बढ्ने बताए । 

तपाईंको बिचार