Saturday, September 21, 2019

को हुन खुमबहादुर समुहका सचिब पदका उमेद्धवार प्रदिप घिमिरे ?

प्रकाशित मिति: 2019/09/03

भदौ १७, काठमाण्डौ । खुमबहादुर सुबेदी समुहबाट बरिष्ठ पर्यटन व्यावसायी प्रदिप घिमिरेले टान सचिवमा उमेद्धवारी दिएसँगै उनको सर्बत्र चर्चा सुरु भएको छ ।

टानमा व्यावसायीका मुद्धा स्थापित गर्ने उदेश्यले आफुले टान सचिवमा उमेद्धवारी दिएको बताए ।
को हुन प्रदिप ?
दोलखाको मैनापोखरीमा जन्मिएका हुन उनी । पर्वतिय पर्यटनमा दुई दशक बिताएका घिमिरे टानमा व्यावसायिक भरोसा टिकाईराख्नुपर्नेमा जोड दिन्छन । सेट्रल हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन नेपालका सञ्चालक घिमिरे व्यावसायीहरु माझ लोकप्रिय मानिन्छन ।
उमेद्धवारी किन ?
 टानमा जो गएपनि केही हुँदैन भन्ने भावना जरा गाडेर बसिसकेको अवस्था छ । साना व्यावसायीको पक्षमा आवाज नउठाउने बिगतको टान नेतृत्वको कार्यशैली रोक्न पनि मैले उमेद्धवारी दिएको हुँ । हामी हिजो जुन बाटो भएर आयौँ, त्यही बाटो कुल्चने गरी अगाडि बढ्नु समग्र पर्यटन क्षेत्र माथिको भद्धा मजाक ठहरिन्छ । प्रत्येक चोटी टानमा नयाँ अनुहार नेतृत्वमा पुग्ने र प्रत्येक चोटी देखाउनकै लागि पनि नयाँ पदयात्रा रुटको खोजी गर्ने अनि त्यत्तिकै छाडिदिने स्थीति छ, कम्तीमा भएका पदमार्गहरुको व्यावस्थापन हुन जरुरी छ । पर्यटनमा भएका बिकृती बिसंगती सुल्झाउँदै भरोसायोग्य टान निर्माणका लागि मेरो भुमिका हुनेछ । व्यावसायी साथीहरुले यसैअनुसार बुझ्नुहुनेछ भन्ने मेरो बुझाई हो ।

तपाईंको बिचार