Saturday, September 21, 2019

को हुन अञ्जन थापा(कुमार) समुहका सह–कोषाध्यक्ष पदका उमेद्धवार प्रदिप पण्डित ?

प्रकाशित मिति: 2019/09/03

भदौ १७, काठमाण्डौ ।  अञ्जन थापा(कुमार) समुहबाट युवा पर्यटन व्यावसायी प्रदिप पण्डितले टान सह–कोषाध्यक्षमा उमेद्धवारी दिएसँगै उनको सर्बत्र चर्चा सुरु भएको छ ।

टानमा आर्थिक पारदर्शिता कायम गर्ने उदेश्यले आफुले टान सह–कोषाध्यक्षमा उमेद्धवारी दिएको बताए ।
को हुन प्रदिप पण्डित ?
नुवाकोटको तारकेश्वर वडा न. ४ मा जन्मिएका हुन उनी । पदयात्रा पर्यटनमा एक दशक बिताएका पण्डित टानमा व्यावसायिक भरोसा टिकाईराख्नुपर्नेमा जोड दिन्छन । उनी अलपाईन कैलास ट्रेक प्रालिका प्रबन्ध निर्देशक रहेका छन ।
उमेद्धवारी किन ?
टानमा आर्थिक अनुशासन कायम गर्नुपर्नेमा उनको जोड छ । टान आर्थिक मुद्धाले बिगतदेखी आलोचित बन्दै गईरहेका बेला व्यावसायिक उथ्थानलाई जोड दिदै आर्थिक क्षेत्रमा पनि टानलाई मजबुत बनाउने उनको लक्ष्य छ । पर्यटन समृद्ध हुन सक्यो भने मात्र व्यावसायीमा समृद्धि आउने भएकाले आफ्नो एकमात्र उदेश्य पारदर्शि टान  निर्माण गर्नु रहेको बताए । उनले आर्थिक मुद्धामा व्यावसायीले उठाएका जुनसुकै प्रश्नलाई सहज रुपमा स्वीकार गरी अपनत्व ग्रहण गर्ने गरी अघि बढ्ने बताए ।
 

तपाईंको बिचार