Monday, November 18, 2019

को हुन अञ्जन थापा(कुमार)समुहका प्रथम उपाध्यक्ष पदका उमेद्धवार प्रकाशचन्द्र देबकोटा ?

प्रकाशित मिति: 2019/09/03

भदौ १७, काठमाण्डौ । अञ्जन थापा(कुमार) समुहबाट युवा पर्यटन व्यावसायी प्रकाशचन्द्र देबकोटाले टान प्रथम उपाध्यक्षमा उमेद्धवारी दिएसँगै उनको सर्बत्र चर्चा सुरु भएको छ ।

टानमा व्यावसायी र दुःख पाएका मजदुर श्रमिकहरुको हक अधिकार रक्षाका लागि आफ्नो उमेद्धवारी रहेको बताए ।
को हुन प्रकाशचन्द्र देबकोटा ?
गोरखाको  भिमसेन गाँउपालिकामा जन्मिएका हुन उनी । पदयात्रा पर्यटनमा दुई दशक बिताएका देबकोटा टानमा व्यावसायिक भरोसा टिकाईराख्नुपर्नेमा जोड दिन्छन । उनी नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडीसन प्रालिका प्रबन्ध निर्देशक रहेका छन ।
उमेद्धवारी किन ?
 टानमा अग्रज नेतृत्वले गरेका राम्रा कामहरुको उत्तरदायित्व लिदै त्यसलाई निरन्तरता दिन र मजदुर तथा व्यावसायीको हकहितको रक्षार्थ उमेद्धवारी घोषणा गरेको हुँ । अहिले पोर्टर, पथपर्दशकहरुलाई समस्या पर्दा उनीहरुको बारेमा बोलिदिने कोही नभएको जस्तो स्थीति छ, यसैलाई हटाउनका लागि ठमेलमा हेल्प डेस्कको स्थापना गरी पर्यटक र व्यावसायी तथा मजदुरलाई परेका समस्या समाधानका लागि उमेद्धवारी दिएको हुँ । यसका साथै घाईते तथा बिभिन्न प्रकोपमा परी दुर्घटना हुँदा उनीहरुको उचित समयमा उद्धार तथा राहतको स्थीति प्रदान गर्नको लागि पनि मेरो उमेद्धवारी हो । 

तपाईंको बिचार