Thursday, November 14, 2019

टानलाई समयानुकुल संरचनामा बिकास गर्न मेरो उमेद्धवारी :अञ्जन थापा(कुमार)

प्रकाशित मिति: 2019/09/03

भदौ १७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकीदै गर्दा नेतृत्वका बहशहरु चुलिदो छ । 

पूर्व माओबादी र एमाले पार्टी एक भएयता पर्यटन बजारमा नेकपा मनोबैज्ञानिक रुपमा बलियो छ । यद्यपी अन्तिम टुंगो व्यावसायीबाटै हुनेछ । एजेण्डागत आधारमा टान नेतृत्वमा उमेद्धवारी किन भनि नेकपाबाट उमेद्धवार बनेका अञ्जन थापा (कुमार)सँग कुराकानी गरेका छौ । 
‘पदयात्रा पर्यटनको बिकासको लागि राजनीतिक हस्तक्षेपमुक्त टानको परिकल्पना गरी टानमा उमेद्धवारी दिएको हुँ । यो निर्वाचन लगत्तै टानको प्रदेशमा संगठन विस्तार गरिने  छ । टानलाई आम पर्वतिय पदयात्रा पर्यटन व्यवसायीहरुको राष्ट्रिय छाता संगठनको रुपमा विकास गरी   संस्थागत विकास, सुदृढिकरण र स्थायित्वको लागि परिस्कृत व्यवस्थापन प्रणाली सहित सक्षम, श्रोत साधन सम्पन्न, गरिमामयी संस्थाको सचिवालयलाई व्यवस्थित ढंगले संचालन गरिने छ ।’ हाल सहासिक पदयात्रा पर्यटन व्यवसायका गतिविधिहरु संचालनको प्रमुख केन्द्रको रुपमा रहेको देशको कतिपय गन्तव्यहलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी सामान्य पदयात्रा क्षेत्रको रुपमा घोषणा गर्नको लागि पहल उनको योजना छ । ‘सुदुर पूर्वमा कञ्चनजंगा, टिपताला, नाङ्गपाला, लामावगर, मनास्लु, माथिल्लो मुस्तांग, डोल्पा, हुम्ला लगायतका क्षेत्रहरु अझै पनि नेपाल सरकारको नियन्त्रित क्षेत्रको रुपमा रहेको र विशेष अनुमति लिएर मात्र पदयात्रा कार्यक्रमहरु संचालन गर्नु पर्ने अवस्था छ । सम्बन्धित निकायहरुसँग समन्वय गरी सामान्य पदयात्रा क्षेत्रको रुपमा घोषणको लागि पहल हुनेछ ।’
सुविधा सम्पन्न पर्यटन अस्पताल अर्को उनको योजना हो । उनले भने, ‘सरकार र दातृ निकायहरुको समेत लगानीमा काठमाडौं वा वरिपरिका कुनै पनि क्षेत्रमा चिकित्सकिय अनुसन्धान र अत्याधुनिक सुविधा सहितको गुणस्तरीय पर्यटन अस्पताल स्थापना र संचालनको लागि संचालन कार्य विधि सहित कार्य थालनी गरिने छ ।’ पदयात्रा संचालनका उच्च जोखिम गन्तव्यहरु जस्तै शेर्पेनीकोल, गोञ्जालापास, आम्पूलाप्चा, टाशीलाप्चा, लार्केला जस्ता क्षेत्रहरुको मार्ग लाई सहज र सुरक्षित बनाउनको लागि भौतिक पूर्वाधार निर्माण र अन्य वैकल्पिक उपायहरुको समेत व्यवस्थापन गरिने उनको भनाई छ ।’

तपाईंको बिचार