Saturday, September 21, 2019

को हुन खुमबहादुर समुहका प्रथम उपाध्यक्षका उमेद्धवार चोलेन्द्रबहादुर कार्की ?

प्रकाशित मिति: 2019/09/04

भदौ १८, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचनमा खुमबहादुर समुहका प्रथम उपाध्यक्षका उमेद्धवार चोलेन्द्रबहादुर कार्कीको नाम चर्चामा छ । व्यावसायीका मुद्धा स्थापित गर्न आफुले उमेद्धवारी दिएको उनले बताए ।

को हुन चोलेन्द्र ?
सोलुखुम्बुबाट २०६० सालमा काठमाण्डौ छिरेका ३१ बर्षिय युवा व्यावसायी कार्की सुरुमा पर्यटन मजदुरका रुपमा काम गर्थे । सन २०१० मा आफ्नै कम्पनी हिमालयन जोय स्थापना गरी नेपालको पर्वतिय पर्यटनमा योगदान पु¥याइरहेका छन ।
उमेद्धवारी किन ?
ट्रेकिङको क्षेत्रमा लामो समय व्यतित गरेको छु । पर्यटन मजदुरबाटै ट्रेकिङ व्यावसायमा स्थापित भएँ, यसअर्थमा मजदुर र व्यावसयी दुबैका पिरमर्कालाई एकआपसमा समाधानको लागि मेरो पहल हुनेछ । अर्को कुरा विगतका केही बर्षयता टानको कार्यशैली व्यावसायी र मजदुरको हित हुने गरिएको देखिदैन, टिम्स रकम भित्राउन नसक्नु, एनटिभिएको मनोमानी रोक्न नसक्दा टानलाई मजदुर संस्थाको रुपमा हेर्ने उसको नजर फेरिनुपर्छं । यसका लागि टान र एनटिभिएबिच आपसी समझदारी गरेर अघि बढ्नु नितान्त आवश्यक छ । यसैका लागि उमेद्धवारी दिएको हुँ ।

तपाईंको बिचार