Thursday, November 14, 2019

को हुन खुमबहादुर समुहका द्धितिय उपाध्यक्षका उमेद्धवार भरत सापकोटा

प्रकाशित मिति: 2019/09/04

भदौ १९, काठमाडौं । टान निर्वाचन २०१९, अहिले सर्वत्र चर्चामा रहेको छ । उम्मेद्वारहरु आफ्नो प्यानल जिताउन आ–आफ्नै तरिकाहरु अपनाउँदै छन् । सबैले टानलाई अझ राम्रो, व्यवस्थित, संगठित र  विकास गर्ने दाबी गरेका छन् । यस्तै दाबी गर्दै खुम बहादुर सुवेदीको प्यानलबाट द्वितिय उपाध्यक्षका प्रत्यासीमा उम्मेद्वारी दिएका छन, युवा पर्यटन व्यवसायी भरत सापकोटा ।

को हुन् सापकोटा ?   
द्वितिय उपाध्यक्षका प्रत्यासी भरत सापकोटाले २००१ मा पर्यटनमा प्रवेश गरेका थिए । नेत्रावती, टोड्के, धादिङ निवासी उनी युवा पुस्तामाझ निकै लोकप्रिय व्यक्ति हुन् । त्यस्तै पर्यटनमात्र नभई समाजसेवामा पनि उत्तिकै सक्रिय सापकोटा लायन्स क्लब अफ नेपाल एभरेष्टका पूर्व अध्यक्ष र हेल्पिङ ह्यान्डस् फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुन् । 
पर्यटन सेवा संघमा सदस्य र कोषाध्यक्षको अनुभव हाँसिल गरिसकेका उनी बे्रकफ्री एड्भेन्चर्स हिमालयन लक्जुरी होलिडेजका प्रबन्ध निर्देशक पनि हुन् । 
उमेद्धवारी किन ?
मजदुर र मालिकबिचको सम्बन्धलाई नयाँ ढंगले चलायमान बनाउदै टानलाई चुस्त बनाउन भुमिका खेल्नेछु । नेपाल पर्यटन बोर्डबाट प्राप्त हुनुपर्ने टिम्स रकम आउन सकिरहेको छैन, यसमा उचित समन्वय गरेर रकम प्राप्त गर्ने बाटो श्रृजना गरिनेछ । पुराना रुटहरुको प्रवद्र्धन र नयाँ रुटको खोजी गर्दै नेपाल पर्वतीय पर्यटनलाई नयाँ उचाइमा लैजानमा मेरो उमेद्धवारी केन्द्रीत गरेको छु ।
 

तपाईंको बिचार