Thursday, November 14, 2019

एनटीभीएको अध्यक्षमा रामहरि शर्मा निर्विरोध, औपचारिक घोषणा भदौ २२ गते हुने

प्रकाशित मिति: 2019/09/04

भदौ १८, काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) को अध्यक्षमा महालक्ष्मी भेहिकल सर्भिसका सञ्चालक रामहरि शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । एनटीभीएका संस्थापक अध्यक्षसमेत रहनुभएका शर्मा पछिल्लो पटक आफ्नो व्यवसायको अलावा समाज सेवामासमेत समर्पित हुँदै आउनुभएको छ । 

शर्माको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा भीमबहादुर घोले तामाङ, द्धितीय उपाध्यक्षमा रोशन घिमिरे, महासचिवमा कुल प्रसाद न्यौपाने (सन्तोष), सचिवमा अनिल मोक्तान र कोषाध्यक्षमा शंखनारायण महर्जन हुनुहुन्छ भने कार्यसमिति सदस्यहरुमा रविकुमार श्रेष्ठ, केदारनाथ कटेल, लोकप्रसाद खरेल रहनुभएको छ । 

एनटीभीएको निर्वाचन तालिकाअनुसार आज भदौ १८ गते मनोनयन दर्ता रहेको थियो । निर्वाचन मनोनयन समयावधिभित्र सम्बन्धित पदहरुमा १÷१ जनाको मात्रै मनोनयन परेकाले नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । 

यही भदौ २२ गते बिहान ११ बजे गैरिधारा स्थित शिल्भर ओक बैंक्यूट एण्ड इभेन्ट सेन्टरमा हुने एनटीभीएको १६ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईंको बिचार