Monday, November 18, 2019

व्यावसायीले अप्ठेरो महशुस गर्दा मलाई सम्झिने गर्छन :रामहरी शर्मा

प्रकाशित मिति: 2019/09/06

भदौ २०, काठमाण्डौ ।नेपाल पर्यटक यातायात व्यावसायी संघको नयाँ नेतृत्व चयनका लागि पर्सि २२ गते साधारणसभासहितको निर्वाचन हुँदैछ । हालसम्मको स्थीति हेर्दा कुनै फेरबदल भएन भने संघका संस्थापक अध्यक्ष रामहरी शर्मा निर्बिरोध अध्यक्ष बन्ने निश्चीत छ । जबजब पर्यटक यातायात व्यावसायी संघमा समस्या पर्छ कार्यसमिती सदस्यहरुले उनको खोजी सुरु गर्ने गर्छन । अहिले पनि परिस्थीती त्यसैअनुरुप बिकास भएको शर्मा बताउँछन । भ्रमण बर्षको उत्तरार्धमा पर्यटक यातायातको क्षेत्रमा आउने नेतृत्वको जिम्मेवारी अन्य अवस्थाको भन्दा पृथक हुनु स्वभाबिक हो ।

पर्यटक यातायातमा ट्याक्सका समस्या, गैरव्यावसायीहरुको हस्तक्षेप, भारतिय सवारीको निर्वाध उपयोग अहिले पर्यटक यातायातले भोगिरहेको समस्या हो, यसमा व्यावसायीको मजबुत संकल्प आवश्यक ठानिदै गर्दा शर्मा चौथो पटकका लागि पर्यटक यातायात व्यावसायी संघको अध्यक्षको जिम्मेवारी सम्हाल्न आईपुगेका छन ।
अनुभवी, व्यावसायिक व्याक्तित्वको छबी बनाएका शर्मा ललितपुर बुखेलका रैथाने हुन । २४ बर्षदेखी पर्यटक यातायातका क्षेत्रमा उनको उपस्थीति मात्रै पनि व्यावसायीहरुमाझ एकखालको ढुक्कको स्थति बनाईदिएका छन । पूर्व मेची देखी पश्चिम महाकाली सम्म व्यावसायीमार्फत आएका बिदेशी पर्यटकहरुलाई उनले गन्तव्यमा पुर्याउँदै आएका छन । उनको सेवा लिनेमा  धेरैजसो जापानिज र युरोपियन पर्यटक रहेका छन । ५० बढि पर्यटक सवारीका साथ उनी आफै एक सफल व्यावसायी त हुँदै हुन अप्ठेरो स्थीतिमा सिंगो पर्यटक यातायात संघलाई निकाश दिन पनि उनको अपरिहार्यता अन्य व्यावसायीले राम्ररी बुझेका छन । गन्तव्य नेपालसँगको कुराकानीमा पनि उनले व्यावसायिक भरोसालाई नै बढि जोड दिए । जेभएपनि पर्यटनलाई यातायातका माध्यमबाट जोड्ने उनको कर्म जारी छ ।

तपाईंको बिचार