Thursday, November 14, 2019

भोली हुने नारा निर्वाचनमा नेपाल र ठकुरीबिच प्रतिस्पर्धा हुंदै

प्रकाशित मिति: 2019/09/09

भदौ २३, काठमाण्डौ । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)को ३१ औ साधारणसभासहितको निर्वाचनका लागि नाराका पूर्वमहासचिब गंगाप्रसाद नेपाल र कार्यसमिति सदस्य कमल ठकुरीबिच प्रतिस्पर्धा हुने भएको छ ।

भोली भदौ २४ गते ठमेलस्थीत मनाङ होटलमा दिउंसो १ बजेबाट हुने निर्वाचनमा दुबै उमेद्धवारबिच कडा प्रतिस्पर्धा हुने देखीएको छ ।
निर्वाचनमा गंगाप्रसाद नेपाल समुहबाट उपाध्यक्षमा मेघ ब. आले, महासचिवमा शिव अधिकारी, सचिबमा राजु खड्का, कोषाध्यक्षमा रिता अधिकारी, सहकोषाध्यक्षमा नारायण श्रेष्ठ, सहकोषाध्यक्षमा नारायण श्रेष्ठ रहेका छन । यस्तै सदस्यहरुमा ईन्दुदेबी वाग्ले र गोपाल रानामगर रहेका छन ।
कमल बहादुर ठकुरी समुहबाट उपाध्यक्षमा चुडामणी अर्याल, महासचिब शिशिर खनाल, सचिब ईन्द्र बहादुर राई, कोषाध्यक्ष रबिन्द्र अधिकारी, सहकोषाध्यक्ष उद्धव कंडेल र सदस्यहरुमा मदनप्रसाद ढकाल र राजेन्द्र थपलिया रहेका छन ।
नाराका ८५ वटा कम्पनीमध्ये निर्वाचनमा भने ६७ जना सहभागि हुने नारा अध्यक्ष निमबहादुर मगरले बताए 

तपाईंको बिचार