Sunday, November 17, 2019

नारा नेतृत्वमा गंगा नेपाल विजयी

प्रकाशित मिति: 2019/09/10

भदौ २४, काठमाडौं । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नार्रा) को अध्यक्षमा गंगाप्रसाद नेपाल ३७ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्वन्दी कमलप्रसाद ठकुरीले २५ भोट ल्याएका छन ।

उपाध्यक्ष्मा नेपाल प्यानलकै मेघ आलेले ३७ मत ल्याएर विजयी भए भने चुडामणी अर्यालले २६ मत पाए । महासचिवमा ठकुरी प्यानलका शिशिर खनाल विजयी भए । खनालले ३५ मत ल्याए भने निकटतम प्रतिद्वन्दी शिव अधिकारीले २७ मत पाएका छन । 

यसैगरी सचिवमा इन्द्र राईले ३२ मतका साथ विजयी भए भने उनका प्रतिद्वन्दी राजु खड्काले ३० मत ल्याए । त्यस्तै कोषाध्यक्षमा रिता अधिकारी ३७ मत ल्याएर विजयी भइन । सहकोषाध्यक्षमा नारायण श्रेष्ठ ३० मत ल्याएर विजयी भए ।

त्यस्तै सदस्यहरुमा इन्दुदेवी वाग्ले ५४ मत, राजेन्द्र थपलिया ४० मत, र गोपाल राना ३८ मत तथा मदन ढकालले ३४ मत पाएर विजयी भए । निर्वाचनमा अधिकांस नेपाल प्यानलकै पल्ला भारी भएका छन् । 
 
नाराको आज भएको निर्वाचनमा ६७ जना सदस्यले नयाँ नेतृत्वको लागी मतदान गरेका थिए । जलपर्यटन व्यवसायीका धरोहरका रुपमा रहेका वरिष्ठ पर्यटन व्यवसायी महेन्द्र सिंह थापालगायतको पूर्व अध्यक्षहरुको समर्थन नेपाललाई रहेको थियो ।

तपाईंको बिचार