Monday, October 21, 2019

पर्यटकलाई उद्धार गर्न पुगेका ७ हेलिकोप्टर काभ्रे र सिन्धुलीमा आकस्मीक अवतरण

प्रकाशित मिति: 2019/09/17

३१ भदौ, काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका छन् ।

सोलुखुम्बुमा अलपत्र परेका पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब भएपछि आकस्मिक अवतरण गराएका हुन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टर छन् ।

पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र होक्से भन्ने ठाउँमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पर्यटकको उद्दारका लागि हेलिकप्टरहरु लुक्ला पुगेका थिए । प्रतिकूल मौसममा जोखिम नलिने भन्दै ७ वटा इनरुटमा रोकिएका हुन् ।

तपाईंको बिचार