Thursday, October 24, 2019

सगरमाथा आरोही महर्जन भ्रमण वर्ष २०२० को सद्भावना दूतमा नियुक्त

प्रकाशित मिति: 2019/09/17

भदौ ३१, काठमाडौं । सगरमाथाको दुईटै मोहोडाबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला पत्रकार कल्पना महर्जनलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा नियुक्त गरेको छ ।

महर्जनलाई महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै कार्यकक्षमा कार्यक्रम आयोजना गरी औपचारिक रुपमा नियुक्ती पत्र हस्तान्तरण गरेको थियो । मेयर महर्जनले आरोही तथा पत्रकार महर्जनलाई पर्यटन सद्भावना दूतमा नियुक्तीले ललितपुर महानगरपालिकाको पर्यटन प्रचार प्रसार एवं प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आरोही महर्जनले गएको सिजनमा ललितपुर महानगरपालिकाकै आर्थिक सहयोगमा महानगरपालिकाको १०० औ वर्ष तथा बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको फोटो र लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएकी थिइन्।

त्यसै महर्जन पर्यटन प्रवर्दनका लागि यूरोप फ्रान्स, स्वीजरल्याण्ड, अष्ट्रिया, जर्मनीलगायतका मुलुकमा आयोजना हने बिभिन्न कार्यक्रममा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

तपाईंको बिचार