Thursday, October 24, 2019

टानको नयाँ कार्यसमितिद्धारा आज पदभार ग्रहण

प्रकाशित मिति: 2019/09/19

असोज २, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसेसिएसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिले आज विहिबार होटल मल्लमा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित खुमबहादुर सुवेदी नेतृत्वको कार्यसमितिलाई नवराज दाहाल नेतृत्व कार्यमितिले टानको पदभार हस्तान्तरण गरेको हो । 

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सुवेदीले सबैको सुझाव सल्लाहका आधारमा टानलाई व्यवस्थित गर्दैै निर्वाचनका बेला घोषणा गरेका बुदागत योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । पदयात्रा व्यवसायमा थुप्रै खालका समस्याहरु रहेको उल्लेख गर्दै उहाँले त्यसलाई समाधान गर्नका लागि आफु र आफ्नो नेतृत्वको कार्यसमिति जहिले पनि अग्रसर भएर लाग्ने पनि बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भिर भएर लागेको बताउनुभयो । 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले टिम्सलगायत टानसँग सम्बन्धित समस्या अब चाडै नै समाधान हुने दाबी गर्नुभयो । सोही अवसरमा फेक रेस्क्यू काण्डको प्रसंग उप्काउँदै महानिर्देशक घिमिरेले हेलिकोप्टर कम्पनी र हस्पिटलहरुले आवश्यक रिपोर्ट दिइसकेको अवस्थामा टे«किङ कम्पनीहरुले भने अटेर गरिरहेको जिकिर गर्नुभयो । ‘फेक रेस्क्यूको सन्दर्भमा हेलिकोप्टर कम्पनीहरु र हस्पिटलहरुले सबै रिपोर्ट दिइसकेको अवस्थामा माग भएको रिपोर्ट टे«किङ कम्पनीहरुले दिन नसक्नुको कारण के ?’ कडा प्रश्न गर्दै उहाँले थप्नुभयो ‘मेरो तहबाट यो विषयमा गम्भिर ध्यानाकर्षण भएको छ ।’

निवर्तमान अध्यक्ष नवराज दाहालले आफ्नो नेतृत्वको टान कार्यसमितिले महत्वपूर्ण काम गरेको दाबी गर्दै कतिपयको प्रतिफल अबको केही दिनभित्रै देखिने बताउनुभयो । उहाँले अबको दुई वर्षे कार्यकालमा पनि निवर्तमान अध्यक्षको हैसियतले आफ्नो अनुभव र आफुले सक्ने सबै काममा क्रियाशिल भएर सहयोग गर्ने बचनबद्धतासमेत व्यक्त गर्नुभयो ।

टान प्रमुख निर्वाचन अधिकृत रमेशकुमार मैनालीले नयाँ कार्यसमितिलाई सपथग्रहण गराउदै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो भने निवर्तमान अध्यक्ष नवराज दाहालले नवनिर्वाचत अध्यक्ष खुम बहादुर सुवेदीलाई टान सचिवालयको चावी, निवर्तमान महासचिव आङपेम्बा शेर्पाले नवनिर्वाचत महासचिव सरिता लामालाई टान कार्यसमितिको फाइल र निवर्तमान कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले नवनिर्वाचत कोषाध्यक्ष ऋतु ग्याम्दानलाई कोषको सम्पूर्ण खाताहरु हस्तान्तरण गर्नुभयो । 

तपाईंको बिचार