Thursday, October 24, 2019

कमल सापकोटा ‘साउथ एसिएन युथ लिडरसिप अवार्ड’बाट सम्मानित

प्रकाशित मिति: 2019/09/22

असोज ५, काठमाण्डौ । गाँउ पर्यटन प्रवद्र्धन मञ्च –भिटोफ) नेपालका निर्वतमान अध्यक्ष तथा माउन्टेन डिलाईट्स ट्रेक्सका प्रबन्ध निर्देशक कमल सापकोटा ‘साउथ एसिएसन युथ लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन ।

सेप्टेम्बर १७ तारिकका दिन बंगलादेशको राजधानी ढाकामा युवाहरुलाई जागरण ल्याउनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै ग्लोबल युथ पार्लियामेन्ट तथा अन्तर्राष्ट्रिय साउथ एसिया कन्फ्रेन्सले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेको सापकोटाले बताए । उक्त अवार्ड कम्पनीका निर्देशक निर्मला धमलाले ग्रहण गरेकी थिईन ।
अवार्डबाट आफुलाई सामाजिक क्षेत्रमा सक्रिय हुन अझ हौसला मिलेको भन्दै यसबाट आफु गौरवान्वित भएको बताए ।

तपाईंको बिचार