Monday, October 21, 2019

पर्यटन विभागका महानिर्देशकद्धारा यती बाइक रेस २०१९ का विजेतालाई सम्मान

प्रकाशित मिति: 2019/09/23

असोज ६, काठमाडौं । यती बाइक रेसको दोस्रो संस्करण सम्पन्न भएको छ । मकालु एडभेचरले नेपालमा भित्र्याएको यो प्रतियोगितामा यसपटक ७ जना विदेशी प्रतियोगीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई ठमेल इको रिसोर्टमा आयोजना गरिएको विशेष समारोहबीच पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मेडलसहितको पुरस्कार प्रदान गर्नुभयो ।

मनाङ–थोरोङ्ला पास–कागबेनी–जोमसोम हुँदै मार्फासम्मको दूरीमा सञ्चालित उक्त प्रतियोगितामा कार्लोस जिमेनेज लोजानोले प्रथम स्थान हासिल गर्नुभएको छ ।

पुरस्कार प्रदान गर्दै पर्यटन विभागका महानिर्देशक घिमिरेले यती बाइक रेस नेपालको पर्यटन क्षेत्रमा नयाँ प्रडक्ट भएकोले यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगीहरुलाई नेपाल भ्रमण वर्ष २०२० को बारेमा जानकारी दिदै उहाँले सो अवसरमा यसखालका कार्यक्रमलाई सरकारले प्रसय दिने बताउनुभयो ।

मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले केही न केही नयाँ पर्यटकीय गतिविधि गर्ने क्रममा यो प्रतियोगिता आयोजना गरिएको बताउँदै यसलाई आगामी दिनमा थप विस्तार गर्दै मुलुकको पर्यटन प्रवद्र्धनको माध्यमको रुपमा स्थापित गर्ने सोचका साथ अघि बढिरहेको बताउनुभयो ।

तपाईंको बिचार