Thursday, October 24, 2019

आधा बर्ष हराउने खर मजुर सधैका लागि लोप हुने खतरामा

प्रकाशित मिति: 2019/09/24

असोज ७, काठमाडौं। पूर्वी तराईको कोशी टप्पु आरक्षमा गृष्मकालीन बिहानीमा हाँसजस्तै चरा देखिने गर्थ्यो । छिनछिनमा बुद्रुक्क उफ्रिने यो चराको मानौँ खुट्टामा स्प्रिङ जोडिएको छ ।

लोप हुने संधारमा रहेको यो चरा हो खर मजुर (अङ्ग्रेजीमा ‘बेङ्गाल फ्लोरिकन’)। प्रजनन गर्ने मौसममा खर मजुरको भालेले पोथीलाई आकर्षित गर्ने देखाउने ‘कला’ का कारण यसलाई केही समय अघिसम्म नेपाल र भारतका संरक्षित घाँसे मैदानमा ग्रिष्मयामदेखि वर्षात शरु नहुन्जेल देख्न सकिन्थ्यो । त्यसपछि उनीहरू करिव ६ महिनाका लागि ‘हराउँथे’ । कहाँ जान्थे कसैलाई थाहा हुँदैनथ्यो ।

‘मैले नेपालका विभिन्न संरक्षित क्षेत्रहरूमा दशकौँ बिताएँ तर पनि मलाई थाहा थिएन, असार लागेपछि यो चरा कहाँ जान्थ्यो’, चितवन राष्ट्रिय निकुञ्जका पू्र्ववार्डेन नरेन्द्रमान बाबु प्रधान भन्छन् । ‘आफ्नो प्रजनन समय भन्दा इतरको समयमा यो चरा अलप नै हुन्थ्यो ।’

संसारभर दुई उप(प्रजाति भेटिएको खर मजुरले दक्षिण एसियामा नेपालको तराईको घाँसे मैदान र उत्तरी भारत र दक्षिण पू्र्वी एसियाको कम्बोडियाको टोनल साप क्षेत्रलाई आफ्नो घर बनाएको छ ।

संरक्षणविद्हरूका अनुसार दुवै वासस्थानमा गरेर करिव १ हजार मात्र खर मजुर अहिले जिवित छन् । कम्बोडियामा यो प्राजातिको गहिरो अध्ययन भएको छ । त्यहाँ गरिएको अध्ययनमा प्रजनन गर्ने मौसम बाहेकको समयमा यिनिहरू पातलो जङ्गल रहेको स्थानमा जाने देखाएको छ । तर, दक्षिण एसियामा भने यसबारे गहिरो अध्ययन हालसम्म भएको थिएन ।

सन् २०१२ मा नेपाल र भारतका वैज्ञानिकहरूले बेलायत सरकारको सहयोग प्राप्त डार्विन इनिसिएटिभको आर्थिक सहयोगमा खर मजुरको विस्तृत अध्ययन गरका थिए । भारतीय वैज्ञानिक रोहित झाको नेतृत्वमा गरिएको अध्ययनको क्रममा खर मजुरलाई समातेर स्याटेलाइट ट्यागिङ समेत गरिएको थियो ।  
अध्ययनका क्रममा नेपाल र भारतका १,१ संरक्षित क्षेत्रबाट ११ खर मजुरलाई समातेर स्याटेलाईट ट्यागिङ गरिएको थियो ।  
घाँसे मैदानमा बस्न असहज भएपछि संरक्षित क्षेत्र बाहिर निस्कने यी चराहरू मानव वस्ति तिर स्थानन्तरण हुँदा उनीहरूको संरक्षणमा समस्या देखिएको छ ।  

अध्ययनको क्रममा पत्ता लागेको अर्को कुराले वैज्ञानिकहरुलाई झन् चिन्तित बनाएको छ । ‘हामीले के पत्ता लगायौँ भने यी चराहरूको आफ्नै एउटा मनपर्ने स्थान हुन्छ । संरक्षित क्षेत्र बाहिर जति घुमेर आए पनि हरेक वर्ष एउटै ठाउँमा फर्किन्छन् र आफ्नो ‘कला’ देखाउँछन, अध्ययनमा संलग्न नेपाली वैज्ञानिक ज्योतेन्द्र ज्यू ठकुरी भन्छन् । यसका कारण खर मजुरको सुरक्षामा खतरा देखिएको छ । ‘सायद यसै कारण पनि खर मजुरको संख्या दिनानुदिन घट्दो छ’, प्रधान भन्छन् ।
अध्ययनले के देखाएको छ भने खर मजुरको संरक्षण गर्न घाँसे मैदानको उचित व्यवस्थापन जरूरी छ । ‘यदी हामीले समयमै कदम चालेनौँ भने यो चरा सदाका लागि लोप हुनेछ,’ बराल भन्छन् ।
सरकारले खर मजुर संरक्षण कार्ययोजना (२०१६–२०२०) पनि लागू गरेको छ तर योजना कार्यान्वयन फितलो छ, बराल भन्छन् । ‘हामीले खर मजुरका बारेमा जान्नु पर्ने कुरा जानी सक्यौँ । अबको समय भनेको यसलाई बचाउन कदम चाल्ने हो ।’

तपाईंको बिचार