Monday, October 21, 2019

गीता गुरुङको नेतृत्वमा पर्यटन दिवसको अवशरमा प्रभातफेरीको आयोजना

प्रकाशित मिति: 2019/09/25

असोज ८, काठमाण्डौ । विश्व पर्यटन दिवसको अवशरमा ठमेल पर्यटन बिकास परिषद्ले प्रभातफेरीको आयोजना गर्ने भएको छ ।

सेप्टेम्बर २७ तारिकका दिन हुने कार्यक्रममा बिहान ७ बजे ठमेलको सञ्चयकोशबाट सुरु भएर दरबारमार्ग कमलादी हुदै गणतन्त्र पार्कमा पुगेर समापन हुने टीटीडीसी बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमकी संयोजक गीता गुरुङले बताउनुभयो ।
पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको प्रमुख आथित्यतामा हुने कार्यक्रममा प्रदेश सांसद राजिब गुरुङ र काठमाण्डौ महानगरकी उपमेयर हरीप्रभा खड्की बिशेष अतिथीको रुपमा रहनेछन ।
नेपाल पर्यटन बोर्ड, व्यावसायी लगायतको सक्रिय सहभागिता रहने कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकी, गुरुङ नृत्यका साथै चर्चित गायक दिपक बज्राचार्यको सांगितिक प्रश्तुती समेत रहने संयोजक गुरुङले बताउनुभयो ।

तपाईंको बिचार