Thursday, October 24, 2019

भ्रमण बर्ष २०२० को तयारीबारे सरोकारवालाहरुको धारणा ?

प्रकाशित मिति: 2019/09/30

काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन तिन महिनामात्र बाँकी छ, यसबिचमा सरकारबाट भएगरेका तयारीबारे बिभिन्न टिकाटिप्पणी भईरहँदा व्यावसायीहरुले चै यसलाई कसरी लिएका छन, त । बुझ्ने कोशिस गरेका छौ ।

सरिता लामा
महासचिब, टान ।

व्यावसायीले एकदमै आशा गरेका छन । बिश्वव्यापी मन्दी पार भईसकेको अवस्थामा सरकारले भ्रमण बर्ष मनाउन गईरहेको छ, नेपालमा अहिले ‘जब्स फर अल, बेटर फ्यूचर को अभियान जारी छ । भ्रमण बर्षले यसैलाई पनि राम्रो गर्छ । नेपाल आउटडोर डेष्टीनेशनको हिसाबले टप ३ मा पर्छ । न्यूजील्याण्ड, पेरु पछि नेपालको स्थान छ, यस्तोमा नेपाल घुम्न धेरै पर्यटकहरु आउनेछन, जसले रोजगारी बढाउँछ, सरकारको योजना र व्यावसायीको चाहना पनि पुरा हुन्छ । अहिलेसम्मको तयारी ७५ प्रतिशत सम्म पुरा भईसकेको स्थीति छ । बाँकी २५ प्रतिशत केही कमजोरी होलान, तर त्यो सुधार गर्न सकिने स्थीतिमा नै छन । २० लाख भनेको ठाँउमा १९ लाख आए भनेपनि त्यो अचिभमेन्ट नै हो नी, होईन र । यसर्थ हामी सबै जिम्मेवार होऔ, भ्रमण बर्ष सफल पारौँ ।
 
मेघ आले
(उपाध्यक्ष –नेपाल एसोसिएसन अफ राफ्टिङ एजेण्ट्स)

तयारी छँदै छैन भन्दा हुने स्थीति छ । लुम्बीनी, पोखरा एयरपोर्टको प्रयोग बर्ष २०२० मा हुने छैन । यद्यपी नेपालको प्रवद्र्धन गर्ने भनेर नेपाल भ्रमण बर्षको आयोजना गरिएको छ, यो नेपाल चिनाउनका लागि सुःखद पक्ष हो । २० लाख पर्यटक भित्राउने भनिएको छ, अहिलेसम्मको अवस्था हेर्दा त्यो पुरा हुने संभावना छैन । त्यैपनि आशाबादी चै बन्नैपर्छ । भ्रमण बर्षका कार्यक्रमहरु चै निकै राम्रा छन । २०२० को नोभेम्बरमा राकुम कैलालीबाट टिकापुरको दौलखपुरसम्म २४२ किमि को राफ्टिङ हुँदैछ, यो संभवत बिश्वकै सबैभन्दा लामो दुरीको राफ्टिङ हो । यसभन्दा अघि १८० किमि सम्म राफ्टिङ भएको अभिलेख छ । यसरी हेर्दा नेपाल र कर्णालीको गौरब पनि यस राफ्टिङ बाट हुने देखिन्छ ।
रमेश थापा
(महासचिब – नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स)

नेपाल भ्रमण बर्ष २०२० हामी सबैका लागि राम्रो हो । पर्यटनमा संलग्न हुनुका हिसाबले हामी व्यावसायीलाई पनि पर्यटन प्रवद्र्धनात्मक प्याकेजहरु सेल गर्न पाउने स्थीती बन्छ भने देशको नाम पनि प्रशिद्ध हुने अवशर हो ।
स्वर्गीय रबिन्द्र अधिकारीले घोषणा गरेको कार्यक्रम सुरुका दिनभन्दा अहिले एयर कनेक्टीभिटी, रोड कनेक्टीभिटी पनि बढेको छ, अन्तर्राष्ट्रिय जहाजहरु थपिएका छन । त्रिभुवन एयरपोर्ट चौबिसै घण्टा खुल्ला राख्ने निर्णय भएको छ भने बिहान र बेलुका पिक आवर बाहेकका समयमा एयरपोर्ट लेण्ड गर्ने जहाजहरुलाई छुट दिने कुरा आएको छ ।  गौतमबुद्ध बिमानस्थाल यसै बर्षबाट सुरु हुने बताईएको छ भने पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको काम पनि जारी छ । यसबाट सरकारले पर्यटन प्रवद्र्धन गर्न र मुलुकलाई बिश्वसामु चिनाउन भ्रमण बर्षको तयारी राम्ररी नै गरिराखको रहेछ भनेर बुझ्न सकिन्छ । २० लाख पर्यटक भित्राउन केही तयारी थप्नुपर्ला तर असहज छैन । किनकी अघिल्लो बर्ष ०१८ मा पनि पर्यटक २४ प्रतिशतले बढेको हामीसामु तथ्यांक छ । व्यावसायीका तर्फबाट बिभिन्न साहसिक, धार्मिक, एड्भेन्चर टुर प्याकेजहरु बेच्ने अवशरका रुपमा पनि भ्रमण बर्षलाई लिन सकिन्छ । यसरी हेर्दा सरकारले जे गरिराखेको छ, त्यो सकारात्मक छ । हामी सबैको समर्थन हुन जरुरी छ ।

कर्ण लामा
टान पूर्व महासचिब

आन्तरीक भ्रमण बर्ष २०७३ सालमा पनि मनाएकै हो, सान्दर्भिक थियो, अहिले भ्रमण बर्ष २०२० मनाउँदै छौ,  यो पनि सान्दर्भिक छ । तर मुख्य कुरा तयारी नगरी हचुवाको भरमा घोषणा गर्ने काम भयो । देशका कुनै पनि योजनामा सरकार र निजी क्षेत्र सँगसँग हिड्नुपर्ने आजको आवश्यक्ता हो । निजी क्षेत्रका जिम्मेवार संस्थाका प्रतिनिधित्व खै ? प्रश्न यहीनेर छ । नेपाल आउने टुरिष्टलाई सेवा प्रवाह गर्ने, खानेबस्ने, घुमाउने सबै निजी क्षेत्रका व्यावसायीले गर्छन, सरकारले त घोषणा मात्र गर्ने हो, अरु गर्दैन, यस्तोमा के गर्न सकिन्छ भनेर व्यावसायीसँग समन्वय गनुपर्छ भन्ने समेत चेत नआउनु सरकारको कमजोरी प्रष्ट छ । व्यावसायीसँग बिगतमा भएगरेका कार्यक्रमहरुको पनि अनुभव छ, विगतमा भएका कमजोरी हटाउन पनि व्यावसायीसँग सुझाब लिन सकिन्थ्यो, तर त्यसो भएन । सत्य कुरा बोल्दा यो बिरोध मात्रै गर्छ भन्नलान, तर सत्य यही हो । सरकारको चेत खुलोस ।
आङतेम्बा शेर्पा
टान पूर्व महासचिब ।

आर्थिक समृद्धिसँग जोडिएको कुरा हुनाले यो राम्रो कुरा हो । यद्यपी निजी क्षेत्रसँग केही पनि सोधपुछ गरिएन । सरकार आफै एकलौटी ढंगले अघि बढ्दा नतिजा प्राप्त हुन सक्दैन । पाँचतारे होटलमा साम्पेन खाएर ठुला कुरा गर्दैमा लक्ष्य पुरा हुन सक्दैन, यसमा सरकारले ध्यान दिनुपर्छ । अर्को कुरा निजी क्षेत्रलाई हेर्ने सरकारको आँखा पनि बिभेदकारी देखिन्छ । पर्यटनसँग सम्बन्धीत नाट्टा, पाटा लगायतका संस्थाले पर्यटन प्रवद्र्धन शिर्षकमा रकम प्राप्त गर्दा ट्रेकिङ क्षेत्रको महत्वपूर्ण संस्था टान सरकारी बजेटबाट पन्छाईयो । हाम्रै निबर्तमान अध्यक्ष दाहाल जी पटकपटक व्यावसायीका तर्फबाट सरकारसँगको संबादमा थिए, यद्यपी सबैले रकम पाउने अवस्थामा टानले पाएन, यसमा कतै स्वार्थ बाझियो की जस्तो लाग्छ । यो दृष्टान्त मात्रै हो । व्यावसायीक एकता पनि मजबुत नभएको स्थीतिमा सरकारका योजनामा निजी क्षेत्रको बिश्वास पनि नहुन सक्छ । यस्तोमा योजना राम्रो भएपनि सफल हुनेमा शंका छ । 
डा. सुबोध गौतम
सञ्चालक, हिमालय योगा एकेडमी ।

भ्रमण बर्षको नारा राम्रो छ । तर कुन क्षेत्र र कस्तो कुरा समेट्ने प्रष्ट भएको छैन । प्राकृतिक दृष्टीले नेपालको भुगोल उत्कृष्ट भएपनि आज पनि पर्यटक काठमाण्डौ बाट बाहिर पोखरा र लुम्बीनी पुगेर फर्किने अवस्था छ । धेरै ठाँउहरु छन, यद्यपी तिनको प्रचारमा नत सरकार नत व्यावसायीको नै आँखा पुगेको छ । नयाँ ट्रेकिङ रुटको खोजी गर्नु जरुरी छ । जहिल्यै पुरानै ढर्राले काम बन्दैन । पूर्वाधारको प्रर्याप्त बिकास नहुँदा भ्रमणमा आउने पर्यटकहरुमाझ नेपालको नकारात्मक प्रचार हुने जोखिम पनि छ । किनकी अव्यवस्थीत बाटोघाटो, ट्राफिक जाम लगायतका कुराले पनि पर्यटकहरुलाई असर पुर्याउन सक्छ । सरकार र निजी क्षेत्र दुबैको जिम्मेवारीपुर्ण भुमिका आवश्यक छ ।

तपाईंको बिचार