Monday, October 21, 2019

नयाँ व्यवस्थापन सहित बल्थली ईको हिल रिर्सोट सञ्चालनमा

प्रकाशित मिति: 2019/09/30

काभ्रे । काभ्रेको बल्थलीस्थीत बल्थली ईको हिल रिर्सोटले नयाँ व्यवस्थापनसहित पर्यटक लक्षित आर्कषक योजनाहरु सार्वजनिक गरेको छ । स्थानिय समाजसेवी तथा अनुभवी व्यावसायी हिराकाजी तामाङको नेतृत्वमा नयाँ व्यावस्थापन आएको हो ।

९ वटा अट्याज रुम, २ वटा नन अट्याज रुम र ६ वटा लक्जरी टेन रहेको यस रिर्सोटमा अर्गानिक खानाका परिकार तथा त्यहाँ पुग्ने पर्यटकले आफ्नो मागअनुसार हरेक परिकारको स्वाद लिन सक्नेछन । त्यस्तै रिर्सोटको आगनमा रहेको हेलिप्याड पनि यसको आर्कषण हो । अत्यन्त मनोरम दृश्यावलोकन गर्न सकिने र पछिल्लो समय ग्रामिण पर्यटनको लागि छुट्टै पहिचान बनाईसकेको बल्थली घुम्न जाने हरेक पर्यटकका लागि बल्थली ईको रिर्सोट उपयुक्त गन्तव्य बनेको छ । काठमाण्डौबाट मात्र ४२ किलोमिटरको दुरिमा रहेको यस रिर्सोटले नयाँ व्यावस्थापन पाएसँगै आन्तरीक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्र बनेको छ । त्यतिमात्रै नभएर पिकनिक तथा कुनै सेमिनार, गोष्ठी, कार्यक्रम गर्नका लागि पनि यो उपयुक्त गन्तब्य रहेको छ ।

तपाईंको बिचार