Thursday, November 21, 2019

भ्रमण वर्षलाई लक्षित गरेर पोखरा दिवा तथा रात्रि बस सेवामा

प्रकाशित मिति: 2019/10/22

५ कार्तिक, काठमाडौं । पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुयाउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।

दिवा तथा सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक २०० को हाराहारीमा बस सञ्चालन भए पनि पर्यटकीय क्षेत्र लेकसाइडबाटै पहिलोपटक  सेवा सञ्चालनबाट पोखरा घुम्न आउने पर्यटकले प्रत्यक्ष लाभ लिने भएकाले पर्यटन प्रवद्र्धन तथा आन्तरिक भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

“भ्रमण वर्ष सफल बनाउन यातायात क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ, त्यसका लागि हामीले यस क्षेत्रको सुधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ”, केसीले भन्नुभयो । अनलाइन टिकट बुकिङ सेवासमेत सञ्चालन गर्ने जनाएको छ । पोखरा  देखि काठमाडौँसम्मको भाडादर प्रतिव्यक्ति रु ७०० तोकिएको छ । प्रालिका १ हजार २०० सवारी साधनले पोखराबाट देशका विभिन्न सहर तथा ग्रामीण क्षेत्रहरुमा दिवा तथा रात्रि सेवामा यातायात सेवा प्रदान गर्दै आएका छन् ।

तपाईंको बिचार