Thursday, December 12, 2019

‘भिजिट नेपाल २०२०’ सफल बनाउन सरकारको ८ बुँदे निर्देशन

प्रकाशित मिति: 2019/11/21

५ मंसिर, काठमाडौं । सरकारले भिजिट नेपाल २०२० सफल बनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारी तथा सार्वजनिक निकायलाई ८ बुँदे निर्देशन जारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत प्रस्ताव भएको ८ बुँदे निर्देशन मन्त्रिपरिषद अनुमोदन गरेको हो ।

सबै सार्वजनिक निकायबाट विदेशमा गरिने भ्रमण तथा प्रतिनिधित्व हुँदा अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष, २०२० को जानकारी दिने, वक्तव्य दिनुपर्दा भ्रमण वर्ष उल्लेख गरी नेपाल भ्रमणमा आउन अनुरोध गर्नुपर्ने उल्लेख गरिएको छ ।

नेपालमा हुने अन्तर्राष्ट्रियस्तरको कायक्रममा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको प्रवद्र्धनको डेस्क राखी प्रचार समाग्री एवं उपहार दिने व्यवस्था नेपाल भ्रमण वर्ष २०२०को सचिवालयसँग समन्वय गर्न पनि निर्देशन दिइएको छ ।

यस्तै, प्रमुख पर्यटकीय गन्तव्यका सडक मर्मत र सरकारी एवं सार्वजनिक निकायका सवारी साधनमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष, २०२० को लागो अनिवार्य गरिएको छ ।

यसैगरी सन् २०२० को जनवरी १ मा काठमाडौं तथा सबै प्रदेशका राजधानीमा हुने नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सबै सरकारी कर्मचारीलाई उपस्थित गराउन सरकारले निर्देशन दिएको छ ।

तपाईंको बिचार