Thursday, December 12, 2019

डोमेस्टीक टुरिजम मार्टको गुडविल एम्बेसडरमा लम्साल, सापकोटा, गुरुङ, श्रेष्ठ, ढकाल र भँडेल मनोनित

प्रकाशित मिति: 2019/11/22

मंसिर ६, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ फागुन ९ र १०(फेब्रुअरी २१ र २२ तारिकका दिन काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न गईरहेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)का लागि बरिष्ठ पर्यटन व्यवसायीहरु मोहन लम्साल, राजेन्द्र प्रसाद सापकोटा, कमल सापकोटा, कुल बहादुर गुरुङ, गोपाल बाबु श्रेष्ठ, बीएन ढकाल र मनोज कुमार श्रेष्ठ (भँडेल) लाई गुडविल एम्बेसडरमा मनोनित गरिएको छ । बिहिबार नेपाल पर्यटन बोर्डमा मेला आयोजनाका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई मनोनयन गरिएको हो ।

डीटीएम ब्राण्ड एम्बास्डरको रुपमा पर्यटन व्यवसायी गीता गुरुङ, दावाछिरी शेर्पा र कल्पना महजर्नलाई मनोनित गरिएको छ ।  मेलालाई भव्य रुपमा सफल बनाउनका लागि विभिन्न संघसंस्थाका प्रतिनिधी, व्यवसायी, पत्रकार, बुद्धिजिबीहरुको सल्लाहबमोजिम रिपोर्टर्स् क्लबका अध्यक्ष ऋषि धमलाको संयोजकत्वमा डीटीएम मिडिया कमिटी गठन गरिएको छ । उक्त कमिटीको सहसंयोजकमा राससका समाचार सम्पादक विकास लोहनी, उपसंयोजकमा दि राईजिङ नेपालका नारायण उपाध्याय र राजधानी दैनिकका मधुजंग पाण्डे रहनुभएको छ । 
त्यसैगरी पत्रकार प्रकाश खालिङलाई डीटीएम प्रचारप्रसार कमिटीको संयोजकमा मनोनित गरिएको छ भने वरिष्ठ पर्यटन व्यवसायीहरु सुमन पाण्डे, आङछिरिङ शेर्पा र चन्द्र रिजाल संलग्न ३ सदस्यीय डीटीएम सल्लाहकार समितिसमेत गठन गरिएको छ । 
मेलाको व्यवस्थापकीय पक्ष तथा सहभागितालाई थप प्रभावकारी र देशव्यापी बनाउनका लागि ७ वटै प्रदेशबाट प्रदेश संयोजकको जिम्मेवारी तोकिएको छ । सोअनुरुप प्रदेश नम्बर १ को जिम्मेवारी गोविन्द ढुंगेललाई, प्रदेश नम्बर २ को जिम्मेवारी राम वलिदास, प्रदेश नम्बर ३ को जिम्मेवारी बलराम न्यौपानेलाई, प्रदेश नम्बर ४ को जिम्मेवारी सूर्य रेग्मीलाई, प्रदेश नम्बर ५ को जिम्मेवारी सुरेन्द्र भट्टराईलाई, प्रदेश नम्बर ६ को जिम्मेवारी अबिर मल्ल र प्रदेश नम्बर ७ को जिम्मेवारी शेरबहादुर वमलाई दिइएको छ । डीटीएम कानुनी सल्लाहकारमा रामशरण थपलिया र डीटीएम जनसम्पर्क समितिको संयोजकमा रविन प्रसाद थपलियालाई मनोनित गरिएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न र देशभरी छरीएर रहेका पर्यटकीय गन्तव्यहरुको एकै ठाँउबाट जानकारी दिने उदेश्यले मेला आयोजना गरिएको ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी अबिरलले बताए । पर्यटन बर्षमा व्यावसायीहरुलाई उत्साहित बनाउँदै सरकारको प्रयासमा निजी क्षेत्रबाट समेत हातेमालो गर्ने उदेश्यले मेला आयोजना गरिएको बताउँदै अधिकारीले मेला भ्रमण बर्ष सफल बनाउन कोशेढुंगा साबित हुने बताए । २ दिन सम्म चल्ने मेलामा २ लाख बढिले मेला अवलोकन गर्ने आयोजकको दाबी छ । गत बैशाख १३ र १४ गते आयोजना भएको पहिलो संस्करणको मेला भव्यताका साथ सम्पन्न भएको थियो ।

 

  

तपाईंको बिचार