Wednesday, January 29, 2020

एनएमएले अन्तर्राष्ट्रिय पर्वतिय दिवस तथा पर्यटन महोत्सव बिबिध कार्यक्रम गरी मनाउँदै

प्रकाशित मिति: 2019/12/11

मंसिर २५, काठमाडौं । ‘माउन्टेन म्याटर फर यूथ एण्ड च्यालेन्ज इन एक्सपीडीसन’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।  नेपाल पर्वतारोहण संघ (एनएमए)ले पर्वतीय दिवस तथा छैँटौ अन्तर्राष्ट्रिय पर्यटन महोत्सवका अवशरमा बिहानैदेखी बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै छ । भुकम्पपछि क्षतिग्रस्त बसन्तपुर दरबार स्क्वायर कल्चर हेरिटेजको रुपमा बिकास गर्नमा ढिलाई गर्न नहुने भन्दै एनएमएले बिहान ७:३० बजे बसन्तपुरबाट केशरमहलहुँदै एनएमएको सचिवालय नागपोखरी सम्म प्रभातफेरीको आयोजना गर्यो । ‘तेन्जिङ हिल्लारी वाल्क’ नाम दिईएको उक्त र्यालीमा पर्यटन व्यावसायी, पर्यटन बिभागका पदाधिकारी, आरोही लगायत पवर्तरोहणसँग सरोकार राख्नेहरुको बाक्लो उपस्थीति रहेको थियो । यसका साथै पूर्वमेची देखी पश्चिम महाकालीको हिमाली क्षेत्रमा बसोबास गर्ने बिभिन्न १७ वटा हिमाली समुदायको झाँकी समेत प्रश्तुत गरिएको थियो   

एनएमएले आज दिनभरिनै विभिन्न कार्यक्रम गरी पर्वतीय दिवस मनाइरहेको महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । आजै साँझ संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण गर्ने आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको एनएमएले जनाएको छ ।

तपाईंको बिचार