Wednesday, January 29, 2020

टानद्धारा रसुवाको बेत्रावतीमा टिम्स चेकपोष्ट स्थापना

प्रकाशित मिति: 2019/12/11

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित र व्यवस्थीत रसुवाको बेत्रावतीमा बनाउन टिम्स चेकपोष्टको सुरुवात गरेको छ ।

उत्तरगया गाउँपालिका वडा नं ५ मा अवस्थीत चेकपोष्टको गाउँपालिकाका अध्यक्ष श्री उपेन्द्र लम्सालले उद्घाटन गर्नुभयो ।
सदरमुकाम धुन्चे पासाङल्हामु सडक मार्गको जिरो पोईन्ट मा टिम्स चेकपोष्ट स्थापना गर्दा उपयुक्त हुने ठहर गर्दै सञ्चालनमा ल्याईएको   टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताउनुभयो ।
उद्घाटन समारोहमा टानका कोषाध्यक्ष ऋतु ग्याम्दान, कार्यसमिति सदस्य सनम शेर्पा, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा, पर्यटक प्रहरी नायक निरीक्षक मदन राज उपाध्यय, प्रहरी सहायक निरीक्षक सुबीदार यादव, प्रहरी हवलदार अकल योञ्जन, प्रहरी जवान पर्शुराम दाहाल र हाईलाईटस् टूरिजमका प्रतिनिधि लाल गुरुङ्गको उपस्थिती रहेको थियो ।

तपाईंको बिचार