Tuesday, February 18, 2020

रसुवा नुवाकोट पर्यटन समाजद्धारा फागुन ११ देखि अनुसन्धनात्मक अध्ययन भ्रमणको आयोजना

प्रकाशित मिति: 2020/01/27

 माघ १३, काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा रसुवा र नुवाकोटका नयाँ गन्तव्यहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले यही फागुन ११ देखी १५ गतेसम्म अनुसन्धानमूलक अध्ययन भ्रमण आयोजना हुने भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई चलायमान बनाउन र ओझेलमा पारिएका पर्यटकीय गन्तव्यहरुको प्राकृतिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्न भ्रमण आयोजना गरिएको पर्यटन बोर्डका सञ्चालक समिति सदस्य तथा भ्रमण कार्यक्रमका प्रमुख सल्लाहकार दिपक महतले बताए ।
भ्रमणमा ट्रेकिङ क्षेत्रका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधी, रसुवा नुवाकोट पर्यटन समाजका प्रतिनिधी र पत्रकार तथा लेखकहरु सम्मीलीत ५० जनाको समूह रहनेछ । भ्रमण कार्यक्रम अन्तर्गत पहिलो दिन फागुन ११ गते काठमाण्डौबाट नुवाकोटको नुवाकोटमा रहेको पृथ्वी नारायणशाहको दोस्रो दरबार क्षेत्रको भ्रमण गरेपश्चात त्यस भन्दा थप माथि रहेको सुर्यगढी गाउँपालिका अन्तर्गत रहेको सुर्यगढीको भ्रमण गरेर त्यसैको नजिकै रहेको सुकुटे क्षेत्रमा होमस्टेमा बास बस्ने कार्यक्रम रहेको छ । यस्तै भ्रमणको दोस्रो दिन सुर्यगढी बाट किस्पाङ, धुमबाङ हुँदै किस्पाङमै बास बसिनेछ । किस्पाङ तामाङ समुदायको बसोबास रहेको सांस्कृतिक क्षेत्र हो । तेस्रो दिन किस्पाङ बाट ७ घण्टाको दुरीमा रहेको फिकुरी डाँडाको अवलोकन गरी वरपरको दृश्य अवलोकन गर्ने कार्यक्रम रहेको छ । फिकुरी दृश्य अवलोकनका लागि प्रशिद्ध छ । चौथो दिन फिकुरीबाट सातदोबाटे हुँदै रसुवाको ठुलोगाँउ सम्मको यात्रा हुनेछ । ठुलोगाँउमा होमस्टेमा बास बस्ने कार्यक्रम रहेको छ । यहाँ सास्कृतिक पर्यटनको अवलोकन गरिनेछ । भ्रमणको अन्तिम दिन ठुलोगाँउबाट शान्तिबजार, बेत्रावती, घलेगढी हुँदै काठमाण्डौ फर्किने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

 

तपाईंको बिचार