Wednesday, April 1, 2020

टूर्गानद्धारा ३१ औ अन्तर्राष्ट्रिय टूरिष्ट गाईड दिवस भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2020/02/21

फागुन ९, काठमाण्डौ । दिगो  पर्यटनका लागि व्यावसायिक दक्षता भन्ने नाराका सााथ टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)ले अन्तर्राष्ट्रिय टूरिष्ट गाईड दिवस भव्यताका साथ मनाएको छ । ।
आज काठमाण्डौ गार्डेन होम पक्नाजोलमा आयोजना भएको कार्यक्रममा पर्यटन प्रवद्र्धनमा टुरिष्ट गाईडहरुको भुमिकाका बिषयमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको टूरिष्ट गाईड एसोसिएसन(टूर्गान)का अध्यक्ष केदार तामाङले बताए ।
पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको प्रमूख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा पूर्वमन्त्री पोखरेलले नेपालको पर्यटन प्रवद्र्धनमा टूर्गानले महत्वपूर्ण भुमिका खेलेको भन्दै टूर्गानको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रममा बिभिन्न पर्यटकीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी, नेपाल पर्यटन बोर्डका प्रतिनिधी, पर्यटन बिभागका प्रतिनिधी, पर्यटन व्यावसायी, टूरिष्ट गाईडहरुको बाक्लो उपस्थीति भएको आयोजकले जनाएको छ । 
कार्यक्रममा पर्यटन बिभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महत, टानका अध्यक्ष खुमबहादुर सुबेदी, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया लगायत उपस्थीत थिए । उनीहरुले पर्यटन प्रर्वद्र्धनमा टूर्गानले महत्वपूर्ण भुमिका खेलेको भन्दै टूर्गान र टूरिष्ट गाईडहरुको भुमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा टूर्गानका अध्यक्ष तामाङले टूरिष्ट गाईडबारे जानकारी, अवशर चुनौति र यसका संभावना तथा सरकारको भुमिकाका बिषयमा शुभकामना मन्तव्य सहितको बिवेचना  प्रश्तुत गरेका थिए । तामाङले टूरिष्ट गाईडहरुले पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउंदै अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए । अन्तर्रा्ष्ट्रिय टूरिष्ट गाईड दिवस गाईडहरुको राष्ट्रिय पर्व भएकाले सो दिन सरकारले सार्वजनिक बिदाको व्यवस्था गर्नुपर्ने तथा गाईड पेशाप्रति सरकारले सम्मानित भाव जगाउन भुमिका खेल्नुपर्ने तामाङले बताए । यसका साथै नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन टूर्गानले महत्वपूर्ण योगदान दिने उनको भनाई छ । टूर्गानमा हाल १ हजार सदस्य रहेका छन ।

 

 

तपाईंको बिचार