Monday, December 11, 2017

पर्यटन विकासका लागि परिणाममुखि कार्ययोजना ल्याउन सरकारलाई व्यवसायीको सुझाव

प्रकाशित मिति: 2016/04/20

 

बैशाख ८, काठमाडौं । भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन क्षेत्र उकास्न सरकारले परिणाममुखि काम गर्नु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले बुधबार नेपाल पर्यटन बोर्डमा आयोजना गरेको पर्यटनका लागि २०७२ र अबको कार्ययोजना विषयमाथिको नाटोज साक्षात्कारमा बोल्ने वक्ताहरुले निश्चित योजना बनाएर सरकारी स्तरबाटै कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

       एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्र राजनीतिकरण भएका कारण सानातिना समस्या समाधानमा पनि किचलो हुने गरेको बताउनुभयो । पर्यटन क्षेत्रका संंघसंस्था आआफ्नै ताल र सुरमा लागेको र सरकारी निकायमा गम्भिरता नभएको कारणले पर्यटनमा परिणाममूखी काम हुन नसकेको भन्दै कामै नगर्ने हो भने किन चाहियो संस्था भन्ने प्रश्न गर्नुभयो । हाम्रै गलत प्रचार प्रसार तथा अनुत्तरदायी प्रवृतिले पर्यटन क्षेत्रले घाटा व्यहोरेको हो थापाले भन्नुभयो ‘यसलाई रिकभर गर्न हामी सबैको सामुहिक प्रयास आवश्यक छ ।’ एक अर्को प्रसंगमा उहाँले नाटोजले घोषणा गरेको पर्यटन संसदलाई उत्तरदायी बनाउनुपर्ने र सहयोगको लागि आफु र आफ्नो पार्टी तत्पर रहेको बताउनेभयो । पर्यटन क्षेत्रलाई उद्योगको रुपमा घोषणा गरेपनि कार्यान्वयन गर्नकोलागि केहि कानुनी व्यवधान रहेको हुदा चाँडै नै राजनितिक तवरमा यसको समधान गरिने बताउनुभयो । थापाले पर्यटनको लागि २० अर्ब रुपैयाँ आवश्यक पर्नेमा अहिलेको सिलिङ २७÷२८ करोडमात्रै रहेको तथ्य सार्वजनिक गर्दै यो सिंगो पर्यटन क्षेत्रको लागि दुर्भाग्य भएको बताउनुभयो ।
        पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले भूकम्प र नाकाबन्दिले थला परेको पर्यटन क्षेत्रको बारेमा सकारात्मक सन्देश प्रवाह गर्दै नेपाली  पर्यटनलाई विश्वव्यापीकरण गर्ने उद्देश्यले सरकारले १० वर्षे रणनितिक योजना अघि बढाएको बताउनुभयो । उक्त योजना कार्यान्वयनको लागि साढे ६ अर्बको बजेट प्रस्ताव गरिएको पनि उहाँले बताउनुभयो । सन् २०१६ देखि २०२५ सम्म लागु गरिसक्ने लक्ष्य रहेको उक्त रणनितिक योजनामा आगामी आर्थिक बर्ष्भित्रमा ३२ ओटा कार्य गरिसक्ने लक्ष्य रहेका सरकारको छ । ढकालले सन् २०१७ भित्रमा नेपालको पर्यटन बजारलाई पूर्ण रुपमा  पूर्ववत् अवस्थामा फर्काउने तयारीमा आफुहरु जुटेको बताउनुभयो । त्यस्तै ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले  २०७२मा पदयात्री पर्यटकहरु ७ प्रतिश मात्रै घटेको तथ्याङक प्रस्तुत गर्दै पर्यटन विकासका लागि अन्तर्रा्ष्टिय प्रवद्र्धनमा पर्यटन व्यवसायी र सरकारले सहकार्य गरेर अगाडि जानुपर्ने धारणा राख्नुभयो । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङक्षिरिङ शेर्पाले सन्  २०१५मा हिमाल आरोहणमा  १३ प्रतिशतले कमि आएको तथ्यांक प्रस्तुत गर्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले पर्यटन पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफल कार्यक्रममा नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारिले सरकारी निकायहरु र व्यवसायीहरु मौन रहेकोले २०७२ मा पर्यटन क्षेत्रले बढि नकारात्मक असर खेप्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रलाई राष्ट्रिय  स्तरमा मात्रै नभई अन्तर्रा्ष्टिय स्तरमा समेत फैलाउन नाटोज लागिपरेकोे जानकारी उहाँले दिनुभयो । अधिकारिले सम्पूर्ण पर्यटन क्षेत्रका मुद्दाहरुलाई एकै थलोमा ल्यायर सुल्झाउने उदेश्यका साथ आफुहरुले पर्यटन संसद घोषणा गरेको र यसमा सम्पूर्ण सराकारवालाहरुलाई समेटेर पर्यटन क्षेत्रको समस्या समाधानको खोजी गर्ने बताउनुभयो । पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालले तातोपानी नाका खुलाउन नसक्नु पर्यटनकालागि दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्रा्ष्टिय बजारमा प्रचार प्रसार गराउनुपर्ने खाँचो रहेको औल्याउँदै प्रचार प्रसारको खर्च व्योहर्न आफुहरु तयार रहेको लम्सालले बताउनुभयो । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का महासचिव भीम पन्तले पर्यटनलाई उद्योगको मान्यता दिएर आगामी पर्यटन क्षेत्रको सुधारको काम सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासको लागि एक ढिक्का हुन जरुरी रहेको पनि बताउनुभयो ।

टुरिस्ट गाईड एशोसिएशन अफ नेपाल (टुर्गान)का महासचिव हेमविक्रम शाहीले सरकारले बिना तयारि हचुवाको भरमा २०७३ लाई घुमफिर बर्ष घोषणा गरेको गुनासो गर्नुभयो । सुदुरपश्चिममा अथाह पर्यटकिय सम्भावना रहेपनि सरकारले  उक्त क्षेत्रमा एउटैपनि सरकारी निकाय नहुनु पर्यटन क्षेत्रका लागि लज्जास्पद बिषय भएको उहाँको भनाइ थियो । त्यस्तै कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुल बहादुर गुरुङले आन्तरिक पर्यटक बढाउन सरकार, व्यवसायी र पर्यटन पत्रकारिता क्षेत्रले ग्रामिण पर्यटन प्रवद्र्धनलाई जोड दिनुपर्ने बताउनुभयो । टानका पूर्व कोषाध्यक्ष कुमार थापाले पर्यटन विकासको लागि सानो सानो विषयलाई पनि सुक्ष्म ढंगबाट अध्ययन गरेर लाग्नुपर्नेमा जोड दिनुभयो । नाटोजले सगरमाथा टेलिभिजनका श्रीकृष्ण सुवेदीलाई केन्द्रीय कार्यसमिति सदस्मा मनोनयन गरेको छ  । उक्त कार्यक्रममा पत्रकार, पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबीच पर्यटन क्षेत्रको बजेट, पर्यटन ऐन, पर्यटन बोर्डको कार्यक्रम, पूर्वाधार विकास र प्रवद्र्धनका लागि सरकारको योजनालगायतका विषयमा छलफल भएको थियो ।

 

तपाईंको बिचार