Saturday, April 29, 2017  |    

टुरिज्म डेभलपमेन्ट बैंकले कालिञ्चोक डेभलपमेन्ट ‘एक्वायर’ गर्ने

प्रकाशित मिति: 2016/04/21


बैशाख ८, काठमाडौं । टुरिज्म डेभलपमेन्ट बैंकले दोलखाको कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति ‘एक्वायर’ गर्ने भएको छ । बुधबार भएको एक्वायर सम्बन्धी सम्झौतापत्रमा टुरिज्म बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेल र कालिञ्चोक बैंकका अध्यक्ष बालकृष्ण सिवाकोटीले हस्ताक्षर गर्नुभएको छ ।
यसअघि टुरिजज्म डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक लिमिटेडलाईसमेत एक्वायर गर्नेे सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जानकारी दिनुभयो ।

 

तपाईंको बिचार