Saturday, August 19, 2017  |    

नेपाली शौचालय संसारकै नमुना

प्रकाशित मिति: 2016/04/21

बैशाख ९,काठमाडौं ।  यात्रा साहित्य प्रकाशन गर्ने लोनली प्लानेटले भने संसारका हेर्न लायक शौचालयको सूची प्रकाशन गरेको छ । उत्त सुचीमा नेपालको शौचालय समेत परेको छ ।
त्यसै पनि यात्रा गर्नेहरूका लागि शौचालयको महत्व कति बढी छ भनिरहनु पर्दैन । कतिपय व्यक्ति त यस्ता हुन्छन् कि घरबाहेक बाहिरका शौचालयलाई गन्दै गन्दैनन् । यस्तो अवस्थामा सुधार ल्याउन र संसारभर घुमिहिँडिरहनेका लागि जानकारी होस् भनी लोनली प्लानेटले यो सूचीको पुस्तक नै बजारमा ल्याएको छ ।

सूचीमा नेपालको शौचालय आश्चर्यजनक रुपमा सुन्दर भएको टिप्पणीसमेत गरिएको छ । त्यसो त समुद्र सतहभन्दा ६ हजार ८ सय १२ मिटरको उचाइमा रहेको यो शौचालय यहाँ भएको सुविधाका कारण भने सूचीमा राखिएको भने होइन । संसारकै सबैभन्दा सुन्दर ठाउँमा ढंग नपु¥याइ बनाइएको यो शौचालय अनकन्टार ठाउँमा राम्रो उपहार भएको टिप्पणीकर्ताको भनाइ छ ।

’ट्वाइलेटः अ स्पोटर्स गाइड’ अर्थात् ’शौचालयः पत्ता लगाउनेको पथ प्रदर्शन’ पुस्तकमा नेपालबाहेक भारत, तान्जानिया, बेलायतको लन्डन लगायत विश्वभरका एक सय देशका अनौठा पाइखाना समेटिएका छन् ।

’हामीले कहिलेकाहीँ मात्र उदाउने शौचालयलाई पनि ठाउँ दिएका छौं,’ पुस्तकको परिचयमा लेखिएको छ, ’शौचालय मन पराउनेहरू र शौचालयमै नयाँ–नयाँ कुरा फुराउनेहरूप्रति समर्पित गरेका छौं ।’

पुस्तकका प्रकाशकले अन्य यात्रालुहरूसँग समेत अनौठा शौचालय फेला पारे आफूसँग जानकारी बाँड्न आग्रह गरेका छन् । यति पढिसकेपछि तपाईंलाई सकसक लाग्यो भने साबुन पानीले हात धुनु होला !
 

 

तपाईंको बिचार