Tuesday, November 21, 2017

बैशाख १२ देखि रानीपोखरी पुनःनिर्माणको काम थालिने

प्रकाशित मिति: 2016/04/22


बैशाख १२, काठमाडौं । भूकम्प गएको एकवर्ष पूरा भएको अवसर पारेर सरकारले आगामी बैशाख १२ गतेदेखि रानीपोखरी पुनःनिर्माणको काम सुरु गरिने भएको छ । गतबर्ष वैशाखमा गएको भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर समेत पूर्णरुपमा क्षति भएको थियो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार झन्डै ३५० वर्षपछि काठमाडौं महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीलाई सुन्दर बनाउन लागिएको हो ।   
     पुनःनिर्माणका लागि १२ करोडको बजेट विनियोजन गरिएको छ । गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गर्नुभएको थियो । रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेको छ। साठी रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ। पोखरीको नाममा रहेको सबै स्थानमा सौन्दर्यकरण गरिने कामपाको योजना रहेको छ । रानीपोखरीका केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियालीसँगै सङ्गीतमय फोहरा बनाउने र पोखरी अवलोकन गर्ने प्रयोजनका लागि परिक्रमापथ पनि बनाइने छ । निर्माण सुरु गरेको ६ महिनामा सम्पूर्ण काम सकी प्रयोगमा आउने बताइएको छ ।

 

तपाईंको बिचार