Thursday, June 29, 2017  |    

स्थानीयले गरे मनास्लु पदमार्गको मर्मत

प्रकाशित मिति: 2016/04/22


बैशाख १० , काठमाडौं । गोरखाको बारपाक हुँदै मनाङ पुग्ने मनास्लु पदमार्गको मनाङ खण्डको मर्मत तथा सरसफाई गरिएको छ । स्थानीयबासीको अगुवाईमा पदमार्गको मर्मत तथा सरसफाई गरिएको हो । 

      १२ बैशाखको भूकम्पमा क्षतिग्रस्त भएपछि बन्द रहेको पदमार्ग सामान्य मर्मतपछि सुचारु भए पनि अघिल्ला वर्षहरुमा जस्तो पर्यटक नआएको भन्दै स्थानीयले थप मर्मत र सरसफाई गरेका हुन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना –एकयाप) ले स्थानीय स्तरमा गठन गरेको संरक्षण क्षेत्र व्यवस्थापन समिति थोँचेको आयोजनामा थोँचेदेखि भिमथाङ हुँदै ३ हजार ४ सय मिटरको लार्केपासको फेदीसम्म सरसफाई गरिएको जिविस मनाङका मेनका घलेले जानकारी दिनुभयो । पदमार्गमा नियमित सरसफाई गर्न सके पर्यटकका लागि थप आकर्षक हुने स्थानीयको विश्वास छ । मनास्लु पदमार्ग गोरखाबाट लार्केपास भएर मनाङ हुँदै लमजुङ सदरमुकाम बेसीशहर पुगेर टुंगिन्छ ।

 

तपाईंको बिचार